Loading...
रौतहटको एतिहासिक धर्ती समनपुरमा फागु बैरिया मेला महोत्सव शुरु ।

ओम प्रकाश यादव
चैत्र १२ गते, रौतहट ।
रौतहटको एतिहासिक धर्ती समनपुरमा आजदेखी फागु बैरिया मेला महोत्सव शुरु भएको छ ।
अंग्रेज युद्धसित सम्बन्धित रहेको रौतहटको गढीमाई नगरपालिका १ समनपुरमा प्रत्येक वर्ष लाग्दै आएको एतिहासिक फागु बैरिया मेला महोत्सव आजदेखी शुरु भएको छ ।
प्रदेश २ का प्रदेश प्रमुख राजेश झा अहिरले आज एक कार्यक्रमका बीच समनपुर फागु बैरिया मेला महोत्सवको समुदघाटन गर्नुभएको छ ।
प्रदेश प्रमुख झाले मेलाको उदघाटन गरेसँगै आजदेखी समनपुरमा मेला लाग्न शुरु भएको हो ।
महोत्सव उदघाटनसत्रमा रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, नेपाली सेनाका कर्णेल लगाएतका उच्चपदस्थ व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
मेला उदघाटन गर्न आउनुभएका प्रदेश प्रमुख झालाई गढिमाई नगरपालिकाका मेयर श्याम प्रसाद यादवले दोसल्ला ओढाएर सम्मान गर्नुभएको छ ।
आजदेखी शुरु भएको मेला ५ दिनसम्म अर्थात होली पर्वको भोली पल्टसम्म लाग्ने बताइएको छ ।
कुनै समय नेपाल र अंग्रेजबीच भएको युद्धमा समनपुरवासीले अंग्रेजलाई परास्त गरेको अवसरमा समनपुरमा प्रत्येक वर्ष अहिलेको समय मेला लाग्दै आएको छ ।
सन् १८१४–१६ मा नेपाल–अंग्रेजबीच भएको युद्धमा स्थानीय समनपुरबासीले अंग्रेजलाई धपाएको थियो भने धेरै हातहतियार समेत खोसेको इतिहास छ त्यसैले पनि समनपुरमा लाग्ने मेलामा विभिन्न गाउँ र जिल्लाबाट सर्वसाधारण पुग्ने गरेका छन ।
सर्लाही र रौतहटका विभिन्न गाउँबाट हजारौं पसले तथा विभिन्न खेलतमासा मेलामा पुगेका छन् । होलीका सरसामान किन्नेहरूका लागि मेला पहिलो रोजाईमा पर्ने देखिएको छ ।
मेलामा होलीका लागि अत्यावश्यक सरसामान किन्नुपर्ने भएकाले मेलामा आउनेहरूको संख्यामा खासै कमी नआउने गढिमाई नगर प्रमुख श्याम यादवले बताए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *