Loading...
केन्द्रिय समितिले रौतहटमा नयाँ सदस्यता नथपिए रौतहट शाखा निर्वाचनमा भाग नलिने साहको चेतावनी ।

ओम प्रकाश यादव
चैत्र १२ गते, रौतहट ।
सदस्यताको माग गर्दै क्रियाशील पत्रकारहरु आन्दोलित भएपछि नेपाल पत्रकार महासंघ रौतहटले जिल्लाका क्रियाशील पत्रकारहरुलाई तुरुन्त सदस्यता दिन पत्रकार महासंघको केन्द्रिय कार्यालयसँग माग गरेको छ ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाले आज एक प्रेस विज्ञप्ती जारी गर्दै आउँदो चैत्र २५ गते हुने महासंघको निर्वाचन अगाबै रौतहटका क्रियाशील पत्रकारहरुलाई सदस्यता दिन नेपाल पत्रकार महासंघको केन्द्रिय कार्यालय काठमाडौंसँग जोडदार माग गरेको हो ।

नेपाल पत्रकार महासंघ केन्द्रिय समितिले गत चैत्र ९ गते प्रकाशन गरेको नयाँ सदस्यता नामावली प्रकाशनमा रौतहट जिल्लाका एक जना पनि क्रियाशील पत्रकारहरुको नामावली समावेस नगरेको भन्दै पत्रकार महासंघ रौतहटका अध्यक्ष रवीन्द्र साहले कडा आपत्ति जनाएका छन ।

अध्यक्ष साहले महासंघ केन्द्रिय समितिले गरेको विभेदपुर्ण निर्णय तत्काल सच्याउन गम्भिर ध्यानाकर्षण गराएका छन ।
नयाँ सदस्यता नथपिएको विषयलाई लिएर रौतहटमा यतिखेर क्रियाशील पत्रकारहरुले आन्दोलनरत रहेका छन । सदस्यता पाउँनुपर्ने माग गर्दै क्रियाशील पत्रकारहरुले पत्रकार महासंघको कार्यालय रौतहटमा ताल्चा लगाएर दिनहुजसो धर्नामा बसेर आन्दोलन गरिरहेका छन ।

यस्तो अवस्थामा महासंघको तिनै तहको निर्वाचनमा यहाँका पत्रकारले भाग लिनबाट बञ्चित हुने भन्दै पत्रकार महासंघ रौतहटका अध्यक्ष रवीन्द्र साहले रौतहटका क्रियाशील पत्रकारहरुको सदस्यता अविलम्ब समावेस गरी समस्या समाधान गर्ने तर्फ लाग्न महासंघको प्रदेश समिति २ र केन्द्रिय समितिलाई आग्रह गरेका हुन ।
जिल्लाका क्रियाशील पत्रकारहरुलाई तुरुन्त सदस्यता दिई आउँदो चैत्र २५ गते हुने महासंघको निर्वाचनमा समावेस गराउन आग्रह गरिएको विज्ञप्तीमा उल्लेख छ ।
महासंघ रौतहटका अध्यक्ष साहले निकालेको विज्ञप्तीमा लेखेका छन क्रियाशील पत्रकारहरुलाई सदस्यता दिई उनिहरुलाई मतदाता नमावलीमा समावेस गराउनु नत्र क्रियाशील पत्रकारहरुको विरोध प्रदर्शनका कारण निर्वाचन गराउन आफु असमर्थ हुने र यसको सम्पुर्ण जिम्मेवारी केन्द्रिय समितिलाई लिनु पर्छ ।

रौतहटका नयाँ सदस्यता र नवीकरणको विषयलाई केन्द्रिय समितिले बेलैमा समाधान नगरे केन्द्रिय निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गर्ने चेतावनी समेत दिइएको अध्यक्ष साहद्धारा हस्ताक्षरीत विज्ञप्तीमा उल्लेख रहेको छ ।
आन्दोलनरत क्रियाशील पत्रकारहरुको जाएज माग सम्बोधन र मतदाता नमावलीमा उनिहरुको नाम समावेस नगरिए पत्रकार महासंघ रौतहट शाखा निर्वाचनमा भाग नलिने समेत विज्ञप्तीमा जनाइएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *