
सरोज खिलाडी
काठमाडौं, चैत १२ गत ।
नेपाल पत्रकार महासंघ र प्रेस मञ्च नेपालबीच दुई बुँदे सहमति भएको छ । महासंघका सचिव प्रकाश थापा र मञ्चका महासचिव निमेष कर्णले बिहीबार दुई बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सहमतिसँगै मञ्चले सुरु गरेका आन्दोलनका कार्यक्रमहरु स्थगन भएको छ । दुई बुँदे सहमतिको पहिलो बुँदामा विभिन्न जिल्लामा देखिएको सदस्यता विवाद समाधानमा मञ्चले राखेका माग सम्बोधनका लागि महासंघ प्रतिबद्ध रहेको उल्लेख छ ।
यसका लागि महासंघले निर्वाचन समितिलाई आग्रह गर्ने सहमतिपत्रमा उल्लेख छ । ‘महासंघको घोषित निर्वाचन तोकिएकै मितिमा सम्पन्न गर्न मञ्च प्रतिवद्ध छ,’ सहमतिपत्रको दोस्रो बुँदामा उल्लेख छ । मञ्चले महासंघको वर्तमान केन्द्रीय नेतृत्वले विभिन्न जिल्लामा केन्द्रबाट आफूखुसी सदस्यता थप्ने, नवीकरण गर्ने काम गरेको भन्दै यसको विरुद्धमा विभिन्न आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । ताला बन्दि गर्न गएको प्रेस मंचका पत्रकारहरु भन्दा ५ गुणा बढि पुलिस बोलाइएको थियो भने पुलिसहरुबाट पटक पटक पत्रकारहरु माथि अभद्र ब्यबहार समेत गरिएको थियो। साझा संगठनको रुपमा रहेको नेपाल पत्रकार महासंगका पदाधिकारीहरुले नै आफ्नै पत्रकारहरु माथि जाइ लाग्न ति पुलिसहरुलाई बोलाएका थिए।
http://https://www.facebook.com/reportersurendra/videos/1538245059711704/
Facebook Comments