

हिन्दूहरूको महान पर्वको रुपमा मनाइने होली पर्व नेपालीहरुले धुमधामका साथ मनाउने गर्दछन् । नेपाल सरकारले सार्वजनिक बिदा पनि दिने गरेको छ । रंगै रंगको उत्सव होलीमा सरकारले एक दिन सार्वजनिक बिदा दिने गर्दछ । तर यो एक दिन मनाइने सार्वजनिक बिदा पुरै नेपालमा एकै दिन मनाइदैन । तराइको २१ जिल्ला जसलाइ मधेश भनिन्छ त्यसमा एक दिन सार्वजनिक बिदा भएको एक दिन अगाडी पहाडको ५६ जिल्लामा होलीको सार्वजनिक बिदा दिने गरिन्छ । यो बिदा दिने चलन मधेश आन्दोलनको उपलब्धि हो ।
आज भन्दा तीस वर्ष अगाडि मात्र एक दिन सार्वजनिक बिदा दिने चलन थियो। त्यो एक दिन पहाडमा मनाइने होलीको दिन दिने गरिन्थ्यो तर पनि मधेशमा दुई दिन होली मनाउने चलन थियो जो आज पनि छ। तराईमा बस्ने पहाडीहरु एक दिन अगावै होली मनाउथे भने मधेशीहरु अर्को दिन होली मनाउथे । आज पनि मधेश मा दुई दिन होली मनाइन्छ तर सरकारी बिदा एक दिन मात्र हुन्छ । मधेशीहरुको रहन सहन,भाषा संस्कृति र धार्मिक मान्यता पहाडी समुदाय संग भिन्न छ तर पनि सामाजिक सौहार्दता ले गर्दा मधेशमा दुवै समुदाय मिलिजुली सबै पर्व मनाउने गर्दछन्।
मधेशमा बस्ने गैर मधेशीहरु तराई बासि हुन मधेशी होइनन् भन्ने तथ्य सबै नेताहरुले बुझ्नु पर्छ जसले गर्दा मधेशमा सधै सामाजिक सौहार्दता बनि रहोस।
Facebook Comments