
सरोज खिलाडी
जनता समाजबादी पार्टी नेपालका नेता डा. सुरेन्द्र झाले रेश्मा चौधरीलाइ थुना बाट निकाल्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली संग छलफल भैरहेको बताउनु भएको छ । उहाले सो कुरा संघिय अनलाइन संग कुराकानी गर्दै बताउनु भएको हो।
जसपा नेपालका केन्द्रिय कार्यकारिणी सदस्य समेत रहेका नेता झाले भन्नु भयो – गलत व्याख्या नहोस। भ्रम पैदा गर्ने काम केहि नेता तथा मिडियाले गरेपनि हामीले मधेश आन्दोलनका क्रममा झुटा मुद्धा लगाइएका रेशम चौधरी सहित अन्य आन्दोलनकर्मी साथीहरुलाइ निकाल्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली संग सम्बाद गरिरहेका छौ न कि सरकारमा जान ।
सरकारमा जान हतार नभएको र मधेश मुद्धा समेत नछोडेको बताउदै नेता डा. झाले केपी ओलीलाई गर्ने समर्थन मात्र आन्दोलन कर्मी साथीको लागि भएको बताउनु भएको छ।
Facebook Comments