Loading...
थारूहरुलाई बदनाम गराउने दुष्प्रयास भयो असली दोषी मलाइ पनि थाहा छ – प्रधानमन्त्री ओली

टिकापुर राजबन्दी रिहाई राष्ट्रिय अभियानले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज करिब १.५ घण्टा छलफल गरेको छ । । प्रधानमन्त्री ओलीलाई अभियानले टिकापुर घटना राष्ट्रिय घटना हो र यसलाई कुनै समुदाय बिशेष संग जोडेर मात्र हेरिनु हुदैन तथा यसमा निर्दोष मानिसहरुलाई फसाइएको हुनाले तिनले न्याय पाउनु पर्छ भनेर गत ३ महिनामा गरेको क्रियाकलापहरुको जानकारी गराउँदै अभियानले संकलन गरेको बिभिन्न तथ्य र प्रमाणहरुको दस्ताबेज समेत वहाँलाई हस्तान्तरण गरेको छ । प्रधानमन्त्री ओलीलाई संयोजक सुरेन्द्र चौधरी सहितका टीमले निर्दोष मानिसहरु माथि अन्याय नहोस भनेर अनुरोध गरेका छन्।
जवाफमा प्रधानमन्त्रीले दोषीलाई उन्मुक्ति दिने कार्य हुदैन भन्नु हुँदै भन्नु भयो – तपाईहरुलाई बिस्वास दिलाउछुँ निर्दोषलाई सजाय नहोस भन्नेमा मेरो सहयोग र प्रयास रहन्छ भन्नु हुदै टिकापुर घटना दुखद रहेको एवं थारूहरुलाई बदनाम गराउने दुष्प्रयासले गराएको समेत बताउनु हुदै असली दोसी समेत आफुलाई थाहा छ भन्नु हुदै सत्य तथ्य बाहिर छिटै आउने कुरामा बिस्वस्त रहनु होस् । न्यायलय माथि पूर्ण बिस्वास रहेको समेत बताउनु हुदै अभियानले सङ्कलन गरेको तथ्य र प्रमाणहरु सहयोगी हुने बताउनु भयो। हिंसालाई स्विकार गर्न नसक्ने भन्नु हुदै शान्तिपूर्ण ढँगले आफ्नो कुरा राख्न पाउने लोकतान्त्रिक अधिकारलाई मैले उच्च प्राथमिक्तामा राखेको बताउनु भयो l भेटघाटमा राष्ट्रिय योजना आयोगको सदस्य डा.उषा झाको समेत उपस्थिति रहेको थियो l अभियानको तर्फ बाट संयोजक सुरेन्द्र चौधरी, भुबनेशवर चौधरी तथा डा. सुरेन्द्र झा संलग्न हुनुहुन्थ्यो !

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *