Loading...
पत्रकार महासंघ रौतहटको निर्वाचनमा कुन कुन पदमा क–कस्ले दिए उम्मेदवारी पुरा हेर्नुहोस ।

ओम प्रकाश यादव
चैत्र २२ गते, रौतहट ।
यहि चैत्र २५ गते हुन लागेको नेपाल पत्रकार महासंघ रौतहट शाखाको निर्वाचनका लागि आज मनोनयन दर्ता भएको छ ।
महासंघको कार्यालय गौरमा आज उम्मेदवारहरुले आ आफना पदमा उम्मेदवारी मनोनयन दर्ता गराएका छन ।

चार वर्षपछि आउँदो चैत्र २५ गते नयाँ नेतृत्व चएनका लागि नेपाल पत्रकार महासंघ रौतहटको निर्वाचन हुँदै छ । निर्वाचनका लागि विभिन्न पदमा ४० जना उम्मेदवारहरुले आज उम्मेदवारी मनोनयन दर्ता गराएका छन ।
महासंघका निर्वाचन कायर्ललय रौतहट शाखाले विभिन्न पदमा उम्मेदवारी अर्थात मनोनयन दर्ता गराएका उम्मेदवारहरुको अन्तिम मनोनयन दर्ता नामावली प्रकाशन गरेको छ ।
निर्वाचन कार्यालयले प्रकाशन गरेको नामावली अनुसार पत्रकार महासंघ रौतहट शाखाको अध्यक्ष पदका लागि मात्र ७ जनाले उम्मेदवारी दिएका छन ।
अध्यक्ष पदमा प्रेस मन्चबाट रबिन्द्र साह, प्रेस चौतारी ओली समुहबाट गौतम श्रेष्ठ ,माधव नेपाल समुहबाट प्रेमचन्द्र झा, स्वतन्त्रबाट संजय मिश्रा, शैलेन्द्र गुप्ता, फणिदेव महत र संजय कुमार कार्कीले उमेदवारी दिएका छन ।

२५ गते हुने निर्वाचनका लागि अध्यक्षमा यी ७ जनाबीच कडा प्रतिष्पर्धा हुने देखिएकोे छ ।

त्यसैगरी, उपाध्यक्षमा महिला र पुरुष गरी ६ जनाले उम्मेदवारी दिएका छन जसमध्ये चार जना पुरुष र दुई जना महिला रहेकी छिन । उपाध्यक्षमा खुल्लाबाट कृष्ण तिवारी, सुब्बा कार्की भन्ने डिल्ली बहादुर कार्की, प्रविण कुमार शर्मा र पुष्पराज यादवले मनोनयन दर्ता गराएका छन भने महिला उपाध्यक्षमा रजनी ठाकुर र रश्मि पटेलले उम्मेदवारी दिएकी छिन ।
त्यस्तै सचिवमा चार जनाले उम्मेदवारी दिएका छन । सचिव पदमा मदन ठाकुर, राकेश यादव, संतोष पौडेल र रमेश तिमलसिनाले उम्मेदवारी दिएका छन ।
सह सचिवमा पनि चार जनाले उम्मेदवारी दिएका छन । सह सचिवमा दिनेश यादव, धिरेन्द्र कुमार साह, दिपेश पौडेल र संजय सहनीले उम्मेदवारी दिएका छन ।
त्यसैगरी कोषाध्यक्षमा दुई जनाले उम्मेदवारी दिएका छन । धर्मेन्द्र कुमार साह र बालविक्रम कार्कीले कोषाध्यक्षमा उम्मेदवारी दिएका छन ।

त्यस्तै सदस्यहरुमा जनजातिबाट प्रकाश श्रेष्ठ, मधेशीबाट नन्दभुषण श्रीवास्तव, दलितबाट राम प्रवेश बैठा, विश्वनाथ राम, महिलाबाट विना राउत, रुद्रकुमारी कार्की, खुल्लाबाट राकेश यादव, रामपुकार राउतले उम्मेदवारी दिएका छन भने रास्ट्रिय परिषद सदस्यहरुमा अशोक कुमार पहाडी, उत्तम कुमार उपाध्याय, रामएकवाल साह, विकास अग्रवालको उम्मेदवारी परेको छ भने प्रदेश परिषद सदस्यहरुमा रत्न अधिकारी, राजेन्द्र कुमार क्षेत्री, विवेश अधिकारी र गोपाल आचार्यले उम्मेदवारी मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन अधिकृत विनयलाल दासले जानकारी दिएका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *