Loading...
पत्रकार महासंघ रौतहटको अध्यक्षमा चार जना भिडदै, तिन जनाको उम्मेदवारी फिर्ता ।

ओम प्रकाश यादव
चैत्र २३ गते, रौतहट ।
नेपाल पत्रकार महासंघ रौतहट शाखाको अध्यक्ष पदमा चार जना भिडदै छन । अध्यक्ष पदमा ७ जनाले उम्मेदवारी दिएकामध्ये तिन जनाले आज आफना उम्मेदवारी फिर्ता लिएका छन ।

यहि चैत्र २५ गते हुनगइरहेको पत्रकार महासंघको निर्वाचनमा अध्यक्ष पदका लागि आइतवार ७ जनाले उम्मेदवारी दिएका थिए । तर त्यसमध्ये तिन जनाले आज आफना उम्मेदवारी फिर्ता लिएका छन ।

झण्डै चार वर्षपछि आउँदो चैत्र २५ गते नयाँ नेतृत्व चएनका लागि नेपाल पत्रकार महासंघ रौतहटको निर्वाचन हुँदै छ ।

पत्रकार महासंघ रौतहट शाखाको अध्यक्ष पदमा प्रेस मन्चबाट रबिन्द्र साह, प्रेस चौतारी ओली समुहबाट गौतम श्रेष्ठ ,माधव नेपाल समुहबाट प्रेमचन्द्र झा, स्वतन्त्रबाट संजय मिश्रा, शैलेन्द्र गुप्ता, फणिदेव महत र संजय कुमार कार्कीले उमेदवारी दिएका थिए । तर उम्मेदवारी दिएकामध्ये संजय मिश्रा, फणिदेव महत र शैलेन्द्र गुप्ताले आज उम्मेदवारी फिर्ता लिएका छन ।

मिश्रा, गुप्ता र महतले उम्मेदवारी फिर्ता लिएपछि अब गौतम श्रेष्ठ, रविन्द्र साह, प्रेमचन्द्र झा र संजय कार्कीबीच अध्यक्षमा प्रतिस्पर्धा हुने भएको छ ।
त्यस्तै उपाध्यक्षमा पनि चार जनाले उम्मेदवारी दिएकामध्ये एक जनाले उम्मेदवारी फिर्ता लिएका छन ।

उपाध्यक्ष पदका उम्मेदवार कृष्ण तिवारीले आफना उम्मेदवारी फिर्ता लिएका छन । तिवारीले उम्मेदवारी फिर्ता लिएपछि अब तिन जनाबीच प्रतिस्पर्धा हुने भएको छ । उपाध्यक्षमा अब सुब्बा कार्की भन्ने डिल्ली बहादुर कार्की, प्रविण कुमार शर्मा र पुष्पराज यादवबीच प्रतिस्पर्धा हुने भएको छ ।

महासंघका निर्वाचन कायर्ललय रौतहट शाखाले विभिन्न पदमा उम्मेदवारी अर्थात मनोनयन दर्ता गराएका उम्मेदवारहरुको अन्तिम मनोनयन दर्ता नामावली आज प्रकाशन गरेको छ ।
निर्वाचन कार्यालयले प्रकाशन गरेको नामावली अनुसार चार जना बाहेक बाँकी पदको उम्मेदवार यथावत अर्थात कायम नै रहेको जनाएको छ ।
त्यस्तै सचिवमा चार जनाले उम्मेदवारी दिएका छन । सचिव पदमा मदन ठाकुर, राकेश यादव, संतोष पौडेल र रमेश तिमलसिनाले उम्मेदवारी दिएका छन ।
सह सचिवमा पनि चार जनाले उम्मेदवारी दिएका छन । सह सचिवमा दिनेश यादव, धिरेन्द्र कुमार साह, दिपेश पौडेल र संजय सहनीले उम्मेदवारी दिएका छन ।
त्यसैगरी कोषाध्यक्षमा दुई जनाले उम्मेदवारी दिएका छन । धर्मेन्द्र कुमार साह र बालविक्रम कार्कीले कोषाध्यक्षमा उम्मेदवारी दिएका छन ।

त्यस्तै सदस्यहरुमा जनजातिबाट प्रकाश श्रेष्ठ, मधेशीबाट नन्दभुषण श्रीवास्तव, दलितबाट राम प्रवेश बैठा, विश्वनाथ राम, महिलाबाट विना राउत, रुद्रकुमारी कार्की, खुल्लाबाट राकेश यादव, रामपुकार राउतले उम्मेदवारी दिएका छन भने रास्ट्रिय परिषद सदस्यहरुमा अशोक कुमार पहाडी, उत्तम कुमार उपाध्याय, रामएकवाल साह, विकास अग्रवालको उम्मेदवारी परेको छ भने प्रदेश परिषद सदस्यहरुमा रत्न अधिकारी, राजेन्द्र कुमार क्षेत्री, विवेश अधिकारी र गोपाल आचार्यले उम्मेदवारी मनोनयन दर्ता गराएको जिल्ला निर्वाचन अधिकृत विनयलाल दासले जानकारी दिएका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *