Loading...
रौतहटको मावि नयाँ गम्हरीया श्रीपुर पोखरीको ठेक्का ८० लाख २५ हजारमा लाग्यो ।

ओम प्रकाश यादव
चैत्र ३० गते, रौतहट ।
रौतहटको माध्यमिक विद्यालय नयाँ गम्हरीया श्रीपुरको पोखरी अगामि चार वर्षका लागि ८० लाख २५ हजार रुपैयामा ठेक्का सकार भएको छ ।
जिल्लाको गरुडा नगरपालिका ९ नयाँ गम्हरीया श्रीपुरको विद्यालयको ७ विघा १४ कठ्ठा १० धुर जग्गामा रहेको पोखरीको ८० लाख २५ हजार रुपैयामा ठेक्का सकार भएका हो ।
विद्यालयको प्रांगनमा आज भएको डाँक बडाबडमा गरुडा नगरपालिका २ गेडहीगुठी घर भएका ठेकेदार देवकी सहनीले उक्त ठेक्का सकार गरेका हुन ।
२०७८ साल बैशाख १ गतेदेखी लागु हुने गरी २०८२ साल चैत्र मसान्त सम्म चार वर्षको लागि पोखरीको ठेक्का सकार भएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार दासले जानकारी दिएका छन ।
विद्यालयका अध्यक्ष दासको अथक प्रयासमा पोखरीको ठेक्का ८० लाखमा सकार भएको हो ।
डाँक बडाबडमा सुखीचन सहनीले ८० लाख रुपैया बोली लगाएका थिए । डाँक बडाबडमा ११ जना ठेकेदारबीच प्रतिस्पर्धा भएको थियो ।
पोखरीको ठेक्का शुरुमा विद्यालयले न्युन्तम ५५ लाख रुपैया तोकेको थियो तर डाँक बडाबड हुँदै जादा ८० लाख २५ हजारमा पोखरीको टेण्डर भएको विद्यालयका प्रधानाध्यापक रामअधार पास्वानले जानकारी दिएका छन ।
यस अघि पाँच वर्षका लागि उक्त पोखरीको ठेक्का ४५ लाखमा मात्र सकार भएको थियो । शुरु शुरुमा उक्त पोखरीको ठेक्का १९ लाखबाट शुरु भएको थियो तर पहिलो पटक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा पुर्व शिक्षक एवं युवा नेता राजकुमार दास निर्वाचित भएपछि १९ लाखमा सकार भएको ठेक्का ४५ लाखसम्म पुगेको थियो ।
दोश्रो पटक पुन व्यवस्थापन समितिको अध्यक्षमा राजकुमार दास निर्वाचित भएपछि ४५ लाखमा लागेको ठेक्का आज ८० लाख २५ हजारमा सकार भएको हो ।
राजकुमार दासको पहिलो कार्यकालमा ४५ लाखमा लागेको ठेक्का अहिले दोश्रो कार्यकालमा ३५ लाख वृद्धि भइ ८० लाखमा पुग्नु ठुलो उपलब्धी हो । यसअघि व्यवस्थापन समितिका सदस्य रहेका दासले १९ लाखबाट ४५ लाखमा ठेक्का लगाएका थिए ।
पोखरीको आम्दानीबाट विद्यालयको शैक्षिक र भौतिक दुवै क्षेत्रमा सकारात्मक सुधार ल्याएको र आफनो कार्यकालसम्म विद्यालयलाई एक नमुना विद्यालयको रुपमा स्थापित गराउने आफनो योजना रहेको प्रदेश २ का दलित विकास समितिका सदस्य समेत रहेका विद्यालयका अध्यक्ष राजकुमार दासले बताएका छन ।
अध्यक्ष दासको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामाधार पास्वान, शिक्षक मौजेलाल यादव, समाजवादी युवा संघका रौतहट जिल्ला अध्यक्ष नेता कौसरखान मिथिला, युवा नेता अनिल यादव, हरिनारायण सहनी, वडा नं ९ का वडा अध्यक्ष राजेश सहनी लगाएतको सहभागिता रहेको थियो भने कार्यक्रममा सशस्त्र र नेपाल प्रहरीले कडा सुरक्षा दिएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *