Loading...
सेवाग्राहीलाई गर्मीबाट जोगाउन समाजसेवी एमडी सनमले गरुडा प्रहरीलाई ६ थान पंखा गरे सहयोग ।

ओम प्रकाश यादव
चैत्र ३१ गते, रौतहट ।
रौतहटका चर्चित समाजसेवी एवं समाजिक अभियन्ता एमडी सनमले आज इलाका प्रहरी कार्यालय गरुडालाई शेलिंग पंखा सहयोग गरेका छन ।
बढर्दै गरेको गर्मीलाई मध्य नजर गर्दै समाजसेवी सनमले आफना व्यक्तिगत लगानीमा इलाका प्रहरी कार्यालय गरुडालाई ६ वटा शेलिंग पंखा सहयोग गरेका छन ।
समाजसेवामा सदैव अग्रसर रहने समाजिक अभियन्ता सनमले आज एक कार्यक्रमकाबीच इलाका प्रहरी कार्यालय गरुडाका सई लतिफ अंसारी, सुदर्शन दास र लेखापाल बलराम भण्डारीलाई उक्त पंखा हस्तान्त्रण गरेका छन ।
लेखापाल भण्डारीको कार्यकक्षमै पुगेर उनले पंखा हस्तान्त्रण गरेका हुन ।

कार्यालयमा आउने सेवाग्राही र प्रहरीलाई गर्मीबाट जोगाउन आफुले पंखा सहयोग गरेको समाजसेवी सनमले बताएका छन ।
त्यसतै सनमले आजै गरुडामा रहेको मधेश मसाला एफएमलाई समेत ३ वटा शेलिंग पंखा सहयोग गरेका छन ।

सो अवसरमा प्रदेश २ का दलित विकास समितिका सदस्य एवं जनता समाजवादी पार्टीका युवा नेता राजकुमार दास, समाजवादी युवा संघका रौतहट जिल्ला अध्यक्ष कौशरखान मिथिला लगाएतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।

सेवाग्राहीको बढी चाप हुने इलाका प्रहरी कार्यालय गरुडामा सेवा लिन आउने सेवाग्राहीहरुलाई गर्मीको मौसममा पंखा नहुँदा समस्या हुँदै आएको थियो । तर अब प्रयाप्त पंखा भएपछि गर्मीमा सेवाग्राही वा प्रहरीलाई हुँदै आएको समस्या अन्तय हुने भएको छ ।

सेवाग्राहीको बढि भिडभाड हुने ठाउँमा उक्त पंखा लगाउने गरुडाका डिएसपी रवि रावलले जानकारी दिनुभएको छ । पंखाले कार्यालयमा आउने सेवाग्राहीलाई गर्मीबाट जोगाउन निकै सहयोग पुरयाउने डिएसपी रावलले विश्वास व्यक्त गरेका हुन ।
समाजसेवी एमडी सनमले यसअघि पनि गरुडाका ट्राफिक प्रहरीलाई शेसिंग पंखा सहयोग गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *