Loading...
उपेन्द्र यादवलाइ जोडदार धक्का, प्रदेश सांसदले गरे केपिलाई समर्थन, ओली थप बलियो

लुम्बिनी प्रदेशमा प्रदेश सरकारविरुद्ध विपक्षी दलहरुले अविश्वास प्रस्ताव ल्याएलगत्तै मुख्यमन्त्री शंकर पोखरेलले विपक्षी गठबन्धन जनता समाजवादी पार्टी नेपालका चार सांसदलाई मन्त्रिपरिषदमा सामेल गरेका छन् ।  जसपा नेपालका सांसदहरु सन्तोष पाण्डे, विजय यादव, कल्पना पाण्डे र सुमन रायमाझीलाई मुख्यमन्त्री पोखरेलले सरकारमा सामेल गरेका हुन् । यीमध्ये कल्पनाबाहेक अन्य सांसदले सोमबार नै प्रदेशसभा सचिवालयमा दर्ता भएको अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका थिए । मुख्यमन्त्री पोखरेलविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमा नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र जसपा नेपालका गरी ४१ सांसदले हस्ताक्षर गरेका थिए । हस्ताक्षर गरेका तीन सांसद सरकारमै सहभागी भएपछि अविश्वास प्रस्तावको पक्षमा ३८ संसदमात्र देखिन्छ । प्रदेशसभामा अंकगणितको खेलमा निर्णायक बाजी मार्न सक्ने अवस्थामा रहेको जसपा नेपालका ६ मध्ये चारजनालाई सरकारमा सामेल गरेर मुख्यमन्त्री पोखरेलले विपक्षी गठबन्धनलाई धक्का दिएका छन् । नेकपा माओबादी का अध्यक्ष प्रचण्ड संग मिलेर जसपा का अध्यक्ष उपेन्द्र यादवले मुख्यमन्त्री पोखरेल को सरकार खसाल्ने प्रयास गर्दा पनि असफल भएका छन्। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलमाथि अविश्वासको प्रस्ताव दर्ता गराएर ढाल्न खोज्ने यादवको कदम असफल भएको हो । मुख्यमन्त्री शंकर पोखरेल प्रधानमन्त्री ओली निकट हुन्।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *