Loading...
उपेन्द्रलाई झट्का, मन्त्रि पड्काएर उपेन्द्रले गर्न नसकेको काम महन्थले बाहिर बाटै गरि देखाए

१५ वैशाख, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को माग सरकारले सम्बोधन गर्दै १२० जना प्रतिवादी भएको १५ वटा मुद्दा फिर्ता लिएको छ । यहि काम केपी ओली को सरकार मा सहभागी भएका उपेन्द्रले गर्न सकेन। हुनत महन्थले नै के नै सक्ला सबैको अनुमान थियो तर महन्थ राजेन्द्र लगायतका नेताहरुको अथक प्रयास बाट यो काम सम्भव भएको छ।
मन्त्रिपरिषद्को पछिल्लो बैठकले मुद्दा फिर्ता लिएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिनु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली र जसपा अध्यक्ष महन्थ ठाकुरबीच भएको संवाद अनुसार जसपाले मुद्दा फिर्ताका लागि २२४ जना प्रतिवादी रहेको २६ वटा मुद्दाको सूची बुझाएको थियो । जसपाले सरकारलाई मुद्दा फिर्ताको आग्रह गदै २०७ जनाको सूची गृहमन्त्रालयमा बुझाएको थियो । तीमध्ये १२० जनाको मुद्दा फिर्ता भएको हो ।

जसपा नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो लगायत नेताहरुले मुद्दा फिर्ताका विषयमा केही हप्तायता प्रधानमन्त्री केपी शर्मा ओलीसँग वार्ता गरिरहेका थिए । यस अघि जसपा अध्यक्ष ठाकुरले प्रधानमन्त्री ओली संग नगद मा सम्झौता भए मात्र समर्थन गर्ने बताउदै आएका थिए। तर उपेन्द्र यादव र बाबुराम भट्टराई प्रचण्ड ले माग सम्बोधन गर्छ भन्दै तारिख लिदै बसेका थिए

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *