Loading...
जसपामा काग्रेस एमाले जस्तै दम्भको राजनीति सुरु, बहुमत भन्दै बिना बैठक गलत कारवाही

वैशाख १३ गते जनता समाजबादी पार्टी नेपालको पदाधिकारीको बैठकमा लुम्बिनी प्रदेशको विवाद समाधान हुनेवाला थियो । तर महन्थ ठाकुरले भने कोरोनाका कारण बैठक बस्न मानेका थिएन । तर, उपेन्द्र यादवले बैशाख १४ गतेका लागि कार्यकारिणी समितिको बेठक बोलाएर बहुमतले निर्णय गरी लुम्बिनी प्रदेशको सांसदलाई कारवाही गरेको थियो ।

जसपा नेपालका अध्यक्ष समेत रहनु भएका महन्थ ठाकुर लगायत का नेता हरुको उपस्थित बिना नै बैठक सुटुक्क बैठक राखेर उपेन्द्र समुहले लुम्बिनी प्रदेश का सांसद हरुलाई कारवाही समेत गरेर दम्भको राजनीति सुरु गरे। यो उपेन्द्र को पुरानै बानि हो जसले गर्दा उपेन्द्र को पार्टी पटक पटक फुट्दै आएको छ। केन्द्रिय कार्यकारिणी समितिको बहुमत सदस्यको बैठकले भन्दै चुपचाप कारवाही गरेर पार्टी फुटाउन तिर उपेन्द्र अगाडी बढेको हो ।’ महन्थ निकट का एक नेताका अनुसार बैठक नै नबसी मौखिक रुपमा सहमति गरि कारवाही गरेको हो।

कार्यकारिणी समिति र पदाधिकारीमा उपेन्द्र यादव पक्षको बहुमत रहेको कारण महन्थ ठाकुरले दुवै समितिबाट कुनै निर्णय हुन दिइरहेको छैनन् । जसपाका कार्यकारिणी समितिका एकजना सदस्यले भन्नु भएको छ -“पार्टीमा सर्वसम्मति नै खोज्ने हो । तर, सर्वसम्मति नहुँदा सम्म नेताहरुलाई जानकारी नै नदिई कन कारवाही गर्नु यो उपेन्द्र जी हरुको कस्तो बुद्धि आएको हो ।
चैत ५ गते पनि पदाधिकारीको बैठक बोलाइएको थियो । सत्ता समीकरणका लागि माओवादी केन्द्रलाई साथ दिने विषयमा कार्यकारिणी समितिबाट निर्णय गराउने उपेन्द्र यादवको प्रस्ताव थियो । उपेन्द्र यादवले त्यस्तै प्रस्ताव पनि तयार गरेका थिए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *