Loading...
उपेन्द्र यादव राजनीतिमा जिरोमा आउट, एउटा गल्तीले बन्ने भयो एमालेको एक्लै सरकार

दिपेन्द्र साह

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवलाई भेटेर राजीनामा बुझाएका छन् । नयाँ सरकार गठनका लागि मार्ग प्रशसस्त गर्न भन्दै मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको एमालेले जनाएकाे छ ।

तर, जसपाको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षको पत्र अनुसार बिहीबार प्रदेश सचिवालयले सूचना जारी गरेसंगै उनीहरुको प्रदेशसभा सदस्य पद खारेज भएको छ । ख्यमन्त्री शंकर पोखरेललाई भने झनै फाइदा पुगेको छ । लुम्बिनी प्रदेशसभामा कुल ८७ सांसद रहेका छन् । त्यो मध्ये माओवादी केन्द्रले दुई जना प्रदेश सांसदलाई कारवाही गरेपछि अब ८५ जना सांसद बांकी छन् ।

जसपाले बिहीबार आफ्ना चार सांसदमाथि कारवाही गरेपछि अब प्रदेशसभा ८१ सदस्यीय भएको छ । ८१ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका मात्र ४१ सांसद छन् । त्यसमध्ये दुई जना एमालेभित्र पनि माधव कुमार नेपाल पक्षधर छन् ।

नेकपा (एमाले)का संसदीय दलका नेतासमेत रहेका पोखरेलले मुख्यमन्त्री पदबाट राजीनामा दिए पनि संसदीय दलको नेता कायम छन् । जसका कारण उनी अब एमालेकै एकल बहुमतमा सरकारको नेतृत्व गर्नेछन् । अर्थात नयाँ सरकारको नेतृत्व सम्हाल्ने निश्चित भएको छ । नयाँ सरकार बनेपछि तत्काल अविश्वासको प्रस्ताव ल्याउन पनि मिल्दैन । लुम्बिनी प्रदेश एमालेका प्रमुख सचेतक भुमिश्वर ढकालले पनि एमालेको एकल बहुमतमा प्रदेश सरकार गठन हुने बताए ।

प्रदेशसभामा माओवादी केन्द्रका सभामुखसहित १८ जना, कांग्रेसका १९, जसपाका दुई र जनमोर्चाका एक सांसद बांकी छन् । अहिलेको अवस्थामा बहुमतको लागि ४१ जना सांसदको आवश्यकता हुन्छ । जो एमाले एक्लैसंग त्यति संख्या पुग्छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *