Loading...
उपेन्द्रले आफू बलियो हुन आँखा छलेर गैरकानुनी रुपमा कारबाही गर्नु गलत : – सांसद अगरिया

काठमाडौं । लुम्बिनी प्रदेशसभाका चार जना सांसद्लाई एकलौटी रुपमा कार्यकारिणी समितिको निर्णय भनेर प्रदेशसभा र पार्टी सदस्यबाट निष्काशन गर्ने अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराईको निर्णयविरुद्ध जनता समाजवादी पार्टीमा पूर्वसमाजवादीकै शक्तिशाली नेताले विद्रोह गरेका छन् ।

तत्कालीन समाजवादी पार्टीका प्रमुख सचेतक समेत रहेका नेता उमाशंकर अरगरियाले उपेन्द्र र बाबुरामको निर्णयको वैधानिकतामाथि प्रश्न उठाउँदै पार्टीलाई कमजोर बनाउने, फुटतिर लैजाने गतिविधि नगर्न चेतावनी दिएका छन् । उपेन्द्र र बाबुरामको निर्णयविरुद्ध अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोग र कारवाहीमा परेका सांसदहरु सन्तोषकुमार पाण्डेय, विजयकुमार यादव, सुमन शर्मा रायमाझी र कल्पना पाण्डे अदालत पुगेका बेला पूर्वसमाजवादीकै नेता वेथितिविरुद्ध बोलेका हुन् ।

अरगरियाले देशको वैकल्पिक शक्तिको रुपमा स्थापित भएको पार्टीमा उपेन्द्र यादवहरुले गरेको काम निन्दनीय भएको बताए । उपेन्द्रले आफू बलियो हुन पार्टीलाई कमजोर बनाउने खेल खेलेको भन्दै उमाशंकरले आपत्ति जनाए ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *