Loading...
उपेन्द्र निकट नेता श्रीवास्तवले लगाए संगिन आरोप, भने -“उपेन्द्र कै कारण पार्टी फुटको संघारमा”

काठमाडौं । लुम्बिनी प्रदेशसभाका चार जना सांसद्लाई एकलौटी रुपमा कार्यकारिणी समितिको निर्णय भनेर प्रदेशसभा र पार्टी सदस्यबाट निष्काशन गर्ने अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराईको निर्णयविरुद्ध जनता समाजवादी पार्टीमा पूर्वसमाजवादीकै शक्तिशाली नेताले विद्रोह गरेका छन् । सांसद विमलप्रसाद श्रीवास्तवले उपेन्द्र र बाबुरामको निर्णयको वैधानिकतामाथि प्रश्न उठाउँदै पार्टीलाई कमजोर बनाउने, फुटतिर लैजाने गतिविधि नगर्न चेतावनी दिएका छन् ।

सांसद श्रीवास्तवले अध्यक्ष यादवको गतिविधी पार्टी फुटाउन उद्दत रहेको आरोप लगाए । लुम्बिनी प्रकरणपछि यादवकै कारण जसपा फुटको संघारमा पुगेको श्रीवास्तको भनाई छ । श्रीवास्तव यादव निकट नेता हुन । उनले पार्टी एकताविरोधी गतिविधी छोडेर एकढिक्का भएर अघि बढ्नुपर्ने उनको धारणा थियो ।

जसपा अध्यक्ष उपेन्द्र र बावुरामले माओवादी अध्यक्ष पुष्कमल दाहाल प्रचण्डसंग मिलेर लुम्बिनीमा चलखेल गरेको जसपाका नेताहरुको आरोप छ । उपेन्द्र निकट केही सांसद ठाकुरसंग जाने तयारीमा छन् । जसपामा ठाकुरको पक्षमा बहुमत सांसद छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *