Loading...
महन्थले किन सांसदहरुलाई सादा कागजमा हस्ताक्षर गराए ? खुल्यो कारण, उपेन्द्रको पारा गरम

काठमाडौं । जनता समाजवादी पार्टीभित्र पूर्वराजपा र पूर्वसमाजवादी पक्षबीच शक्ति संघर्ष चर्किरहेका बेला अध्यक्ष महन्थ ठाकुरले आफ्नो पक्षमा रहेका केन्द्रीय कार्यकारिणी समिति सदस्य र सांसदको हस्ताक्षर संकलन गरेका छन् । ‘केन्द्रीय कार्यकारिणी समितिका दुई दर्जन सदस्यले सोमबार हस्ताक्षर गरिसकेका छन् । बाँकीलाई आज बोलाएर हस्ताक्षर गराउने योजना छ ।

ठाकुरले हस्ताक्षर गराउनुका पछि चारवटा विषयलाई जोडेर हेर्ने गरिएको छ । उनको पहिलो प्राथमिकता केन्द्रीय कार्यकारिणी समितिमा गुमेको बहुमत फर्काउनेछ । अर्का अध्यक्ष यादवलाई साथ दिएका पूर्वराजपाका तीनै जना सदस्यलाई आफ्नो पक्षमा तान्ने कोसिस उनको छ । बहुमत पुर्‍याएर लुम्बिनी प्रदेशमा चार प्रदेश सांसदमाथि गरिएको कारबाही फुकुवा गराउने योजना पनि उनले बनाएका छन् । दोस्रो, ठाकुर पार्टीको संसदीय दलको नेता बन्न इच्छुक देखिन्छन् ।

कुनै पनि बेला संसदीय दलका नेता हुन उनले बहुमत जुटाउन कोसिस गरेका हुन् । आफू निकटहरूसँगको कुराकानीमा संसदीय दलमा बहुमत सांसदले आफूलाई साथ दिने विश्वास उनले व्यक्त गर्न गरेका छन् । तेस्रो, प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा राखेको विश्वासको प्रस्तावमा समर्थन दिने प्रयोजनका लागि उनले हस्ताक्षर गराएका हुन् । ठाकुर पक्षले ओली नेतृत्वकै सरकारलाई साथ दिन चाहेको छ । पार्टी र संसदीय दलमा बहुमत पुर्या एर ओलीलाई साथ र समर्थन दिने गरी निर्णय गराउन चाहेको बुझाइसमेत कतिपयको छ । चौथो, पार्टीमा बहुमत पुगेन भने राजपालाई ब्युँताउने योजनामा ठाकुरसहितका नेता छन् ।

त्यसका लागि पार्टी केन्द्रीय कार्यकारिणी समिति र संसदीय दलमा ४० प्रतिशतको संख्या आवश्यक पर्छ । यति गर्ने भएपछी उपेन्द्र यादव को पारा गरम भएको छ । किनभने यादव यी कुराहरुको बिरोधि रहेका छन् । उपेन्द्र आफ्नो मात्र बर्चश्व चाहने नेता भएको हुनाले उनि आफू नै संसदीय दलको नेता बन्न चाहेका छन्। तर अर्का अध्यक्ष महन्थ संसदीय दलको नेता बन्ने तयारी गर्दा यादव भौतारिएर अर्को योजना बनाउनमा भिडेका छन्। उपेन्द्र यादव संग सांसद सख्या दिनाहुदीन कम हुदै गैरहेको छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *