Loading...
रौतहटमा अब सर्जिकल मास्कको मूल्य ५ रुपैया, ५ रुपैया भन्दा बढीमा विक्रि गर्नेलाई कार्यवाही हुने ।

ओम प्रकाश यादव
बैशाख २१ गते, रौतहट ।
रौतहटमा अब सर्जिकल मास्कको मूल्य ५ रुपैया निर्धारण भएको छ ।
रौतहट उद्योग वाणिज्य संघले आज सर्जिकल मास्कको मूल्य ५ रुपैया निर्धारण गरेको हो ।

रौतहट जिल्लाका शहर बजारहरुमा बढी मूल्यमा सर्जिकल मास्क विक्रि भइरहेको भनी नागरिकबाट व्यापक रुपमा गुनासो आएपछि जिल्ला प्रहरी कार्यालय रौतहटले मास्कको न्युन्तम मूल्य निर्धारण गरिदिन रौतहट उद्योग बाणिज्य संघलाई अनुरोध गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय गौरले गरेको अनुरोधलाई मध्य नजर गर्दै उद्योग बाणिज्य संघ रौतहटले आज नेपाली सर्जिकल मास्कको मूल्य ५ रुपैया तोकेको छ ।
उद्योग बाणिज्य संघले मास्कको मूल्य ५ रुपैया तोकेकोले यसअघि १० रुपैयामा विक्रि हुँदै आएको मास्क अब ५ रुपैयामा विक्रि गर्नुपर्ने भएको छ ।

हालको अवस्थामा कोरोना महामारीबाट जुध्न मास्क अति आवश्यक भएकोले सर्जिकल मास्क ५ रुपैयामा मात्र विक्रि वितरण गरी आम जनतालाई सहयोग गर्न उद्योग वाणिज्य संघ रौतहटले जिल्लाका सम्पुर्ण व्यवसायीलाई आग्रह गरेको छ ।

योसंगै रौतहटमा अब १० रुपैयामा विक्रि हुदै आएको मास्क ५ रुपैयामा बेच्नु पर्ने भएको छ । तोकिएको मुल्य ५ रुपैया भन्दा बढीमा मास्क विक्रि वितरण गरेको पाइएमा कडा कार्यवाही गर्ने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

यसैविच उद्योग वाणिज्य संघले आज एक सुचना जारी गर्दै यस संकटको घडीमा खाद्यान्न सामग्रीको कृतिम अभाव नगर्न व्यावसायीहरुलाई अपिल गरेको छ ।
कोरोनाबाट विश्व सहित नेपाल समेत अहिले गम्भिर विष्म परिस्थितीबाट गुज्रिरहेको अवस्थामा अति आवश्यक खाद्यान्न लगाएत सामग्रिको कृतिम अभाव सृजना नगरी उचित मूल्यमा मात्र विक्रि वितरण गर्न जिल्लाका सम्पुर्ण व्यवसायीहरुलाई अनुरोध गरेको उद्योग वाणिज्य संघ रौतहटका अध्यक्ष पंडित प्रसाद जयसवालले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *