Loading...
रौतहटमा आज मात्र ३६८ जनाको पिसिआर परिक्षण गर्दा १८५ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमितको संख्या १६५ ।

ओम प्रकाश यादव
बैशाख २१ गते, रौतहट ।
रौतहटमा आज १ सय ८५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
३ सय ६८ जनाको स्वाब संकलन गरी पिसिआर परिक्षण गर्दा १ सय ८५ जनामा संक्रमण पुष्टि भएको छ ।

३ सय ६८ जनामध्ये १ सय ८५ जनाको पोजेटिभ र १ सय ८३ जनाको रिपोर्ट नेगेटिभ आएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार आज फेला परेको संक्रमित मध्ये १० जना सक्रिय संक्रमित रहेका छन ।

योसँगै रौतहटमा सक्रिय संक्रमितको संख्या १६५ पुगेको छ । तिमध्ये १२१ जना पुरुष र ४४ जना महिला रहेकी छिन ।
हिजोसम्मको १५५ र आजको १० जना गरी सक्रिय संक्रमितको संख्या १६५ पुगेको जिल्ला प्रशासन कार्यालय रौतहटले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।
दोश्रो लहरको कोरोना शुरुभएदेखी कोरोनाबाट रौतहटमा अहिलेसम्म एक जनाको मृत्यु भएको छ ।
दोश्रो लहरको कोरोना शुरुभएदेखी अहिलेसम्म भारतबाट १८ सय १२ जना रौतहट प्रवेस गरेको समेत जिल्ला प्रशासन कार्यालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *