Loading...
प्रचण्ड, उपेन्द्र र नेपाल बीच एक घरमा गोप्य छलफल, गोप्य छलफलमा यस्तो थियो एजेण्डा !

२२ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल “प्रचण्ड”ले नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवसँग छुट्टाछुट्टै छलफल गरेका छन् । सरकार लाइ दिएको समर्थन फिर्ता लिएपछि हतारिदैं हात्तिबनस्थित एक घरमा भएको भेटमा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल भएको जानकारी प्राप्त भएको छ ।

प्रचण्ड र यादवसँग विश्वासको मतलाई कसरी असफल बनाउने बिषय मा कुराकानी भएको थियो। त्यति मात्र होइन दुइ अध्यक्ष बिच अविश्वासको प्रस्ताव दर्ता गर्ने वा नगर्ने र राष्ट्रियसभाको उप निर्वाचनमा सहकार्य गर्ने विषयमा सकारात्मक कुराकानी समेत भएको छ ।

तर प्रचण्ड र बरिष्ठ नेता माधव नेपालबीच के के कुराकानी भएको छ ति कुराकानी लुकाऐएको छ। दुबै पक्षले केही खुलाउन चाहेको छैन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *