Loading...

ओम प्रकाश यादव
बैशाख २२ गते, बुधवार रौतहट ।
रौतहटमा आउँदो शनिवारदेखी सवारी साधन तथा होटल रेस्टुरेन्टहरु बन्द हुने भएको छ ।
बढदै गरेको कोरोना भाइरसलाई मध्य नजर गर्दै जिल्ला प्रशासन कार्यालय रौतहटले बैशाख २५ गते शनिवारदेखी सार्वजनिक तथा निजी सवारी साधन र होटल रेस्टुरेन्टहरु पुर्ण रुपमा बन्द गर्न लागेको छ ।
विश्वभरी अहिले दोश्रो लहरको नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण तिव्र गतिमा बढदै गइरहेकोले यसलाई रोकथाम तथा नियन्त्रणका लागि रौतहटमा सवारी साधन तथा होटल रेस्टुरेन्टहरु बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
सवारी साधन तथा होटल रेस्टुरेन्टहरुमा अस्वभाविक रुपमा मानिसहरुको भिडभाड हुने गरेकोले यसले झन कोरोना भाइरस फैल्न सक्ने खतरालाई मध्य नजगर गर्दै शनिवारदेखी जिल्लामा सञ्चालित सम्पुर्ण होटल, रेस्टुरेन्ट तथा निजी एवं सार्वजनिक सवारी साधनलाई बन्द गर्न लागेको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभएको छ ।
पछिलो समय देश सहित रौतहटमा समेत कोरोना भाइरस संक्रमितको संख्या तिव्र गतिमा बढदै गएकोले अवस्था भयावह हुन नदिन तथा आम नागरिकलाई कोरोनाबाट सुरक्षित राख्न यस्तो कदम चाल्न लागेको सिडियो यादवले बताउनुभयो । औपचारिक रुपमा निर्णय नभएपनि सवारी र होटलहरु बन्द गर्ने तयारी गरिएको उहाँले बताउनुभयो ।
शुरुमा सवारी साधन र होटल रेस्टुरेन्टहरु बन्द गर्ने र पछि अवस्था हेरेर थप कदम चाल्दै जाने जिल्ला प्रशासन कार्यालय रौतहटको तयारी रहेको बुझिएको छ ।
गृह मन्त्रालयले पहाडी जिल्लामा २ सय र तराईका जिल्लामा ५ सय सक्रिय संक्रमित पुगेको अवस्थामा लकडाउन वा निषेधाज्ञा लागु गर्न देशभरीका प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिसकेको छ ।
रौतहटमा आजसम्म सक्रिय संक्रमित हुनेको संख्या १ सय ९० पुगिसकेको छ । लगातार सक्रिय संक्रमितको संख्या बढदै जाँदा रौतहटमा समेत निषेधाज्ञा वा लकडाउन हुने सम्भावना उतिकै बढदै गएको देखिएको छ ।
५ सय संक्रमित भएपछि जिल्ला लकडाउन हुने गृह मन्त्रालयको नियम अनुसार रौतहट लकडाउन हुन अब ३ सय १० जना संक्रमित चाहिन्छ । ३१० जना सक्रिय संक्रमितको संख्या पुग्ने वित्तिकै रौतहट पनि लकडाउन हुने वा निषेधाज्ञा लागु हुने छ ।
तिव्र गतिमा संक्रमितको संख्या बढदै जानुले रौतहटमा अब ५ सय संक्रमितको संख्या पुग्न बेर नलाग्ने अनुमान रहेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *