Loading...
अमेरिकामा बस्ने प्रकाश भाइ मधेशीयाद्धारा पत्रकार महासंघ रौतहटलाई मेडिकल सामग्रि सहयोग ।

ओम प्रकाश यादव
बैशाख २२ गते, बुधवार रौतहट ।
अमेरिकामा बस्ने रौतहटका प्रकाश भाइ मधेशीयाले कोरोना भाइरसबाट सुरक्षित रहन पत्रकार महासंघ रौतहटलाई मेडिकल सामग्रि सहयोग गरेका छन ।

रौतहटको फतुवा विजयपुर नगरपालिका टेङग्राहा घर भइ हाल अमेरिकामा बसोबास गर्दै आएका जनता समाजवादी पार्टीका युवा नेता प्रकाश भाइ मधेशियाले कोरोना महामारीबाट सुरक्षित रहेर रिपोटिंग गर्न रौतहटका एकसय जना पत्रकारका लागि ठुलो मात्रामा स्वास्थ्य सामग्रि प्रदान गरेका छन ।

युवा नेता मधेशीयाले पत्रकार महासंघ रौतहट शाखालाई ५ हजार थान सर्जिकल मास्क र एक सय पिस नाइसिल ह्यान्ड सेनिटाइजर उपलब्ध गराएका हुन ।
मधेशीयाले उपलब्ध गराएका उक्त मेडिकल सामग्रिहरु पत्रकार महासंघका अध्यक्ष प्रेमचन्द्र झाले प्राप्त गरेका हुन ।

युवा नेता मधेशीयाले कोरोना भाइरसबाट सुरक्षित रहेर आफना दैनिक कार्य गर्न एकसय जना पत्रकारका लागि प्रति पत्रकार ५० पिस मास्क र एउटा सेनिटाइजरका दरले मास्क र सेनिटाइजर उपलब्ध गराएको पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झाले बताउनुभएको छ ।

महासंघका अध्यक्ष झाले पत्रकार महासंघको कार्यालय गौरमा आज एक कार्यक्रमको आयोजना गरी मधेशीयाले उपलब्ध गराएको मेडिकल सामग्रि जिल्लाका पत्रकारहरुलाई वितरण गरेका हुन ।
महासंघका सदस्य र महासंघमा आवद्ध नभई विभिन्न सञ्चारमाध्यममा रहेर सक्रिय रुपमा पत्रकारीता गर्दै आएका पत्रकारहरुलाई समेत प्रति पत्रकारलाई ५० पिस मास्क र एउटा सेनिटाइजर वितरण गरेको महासंघका अध्यक्ष झाले बताउनुभयो ।
मेडिकल सामग्रि पाउन नसकेका पत्रकारलाई महासंघको कार्यालय गौरमा आएर मास्क र सेनिटाइजर लैजान महासंघले आग्रह गरेको छ ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *