Loading...
ओलीले लिए युटर्न, उपेन्द्रको साम, दाम, दण्ड, भेद, नगद, धम्कि सबै फेल, उपेन्द्र-प्रचण्ड तनाबमा

२३ वैशाख, काठमाडौं । नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली पक्षीय स्थायी कमिटी सदस्यहरुको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालसहित चार जनालाई गरिएको कारबाही फिर्ता लिनेबारे छलफल भएको छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले बिहीबार विहान बोलाएको आकस्मिक स्थायी कमिटी बैठकमा कारबाही फिर्ता लिनेबारे छलफल भएको हो । काठमाडौं । मन्त्रिपरिषद बैठक बालवाटारमा बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीले महत्वपूर्ण निर्णय लिन लागेको बुझिएको छ ।

आज विहानमात्रै बालुवाटारमा एमालेको आकस्मिक स्थायी कमिटीको बैठक बसेको थियो । लगत्तै, प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शितलनिवास पुगेका थिए । अध्यक्ष ओलीले पार्टीमा समानान्तर गतिविधि गरेको भन्दै वरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई ६ महिना पार्टीबाट निष्काशन गरिएको पत्र पठाएका थिए । अध्यक्ष ओलीले २८ फागुनमा आफ्नो पक्षका नेताहरुको मात्र बैठक राखेर विधान संशोधन, पदाधिकारी हटाउने, केन्द्रीय सदस्यहरु थप गर्ने लगायतका निर्णय गरेपछि नेपाल समूहले ४–५ चैतमा राष्ट्रिय कार्यकर्ता भेला गरेको थियो ।

भेलाका लागि अगुवाई गरेको भन्दै ओलीले ७ चैतमा महाधिवेशन आयोजक कमिटीको बैठक राखेर कारबाहीको निर्णय गराएका थिए । यद्यपि कारबाही फिर्ताबारे बिहीबारको बैठकले निर्णय भने गरेन । तर स्पष्टीकरण सोधिएका चार नेतासहित ३० सांसदलाई तत्काल कारबाही नगर्ने निष्कर्ष पनि बालुवाटार बैठकले निकालेको छ । हिजो मात्र उपेन्द्रको घरमा भएको भेटघाटमा नेकपा माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका बरिष्ठ नेता माधब नेपाल संगको भेटघाटमा ओलीलाई जसरी पनि प्रतिनिधि सभामा असफल बनाउने सहमति भएको थियो। स्रोत भन्छ -” अहिलेको लडाइ उपेन्द्र बिरुद्ध केपी ओली नभई मधेश का सर्वमान्य नेता महन्थ ठाकुर बिरुद्ध हुने भएको छ।

महन्थ तिर सांसदहरु नजाओस त्यसका लागि उपेन्द्रले कारमा बोरामा पैसा हाली सांसद किनेर बसेको जसपाका एक कार्यकारिणी नेताको दाबी रहेको छ। त्यतिमात्र होइन दामले माने दाम नभए कारवाही सम्मको धम्कि समेत सांसदहरुले पाइरहेको स्रोतको भनाइ छ । तर त्यति गर्दा पनि माधब नेपाललाइ प्रधानमन्त्री ओलीले फकाउन सके उपेन्द्र र प्रचण्ड सहित देउवाको हैसियत समाप्त हुने निश्चित रहेको छ।

ओलीले त्यसका लागि बिगतमा भएको कमि कमजोरी सच्याउदै माधब नेपाल सहितका नेताहरुको कारवाही समेत फुकुवा गर्न तयार भएका छन्। ओली राजनतिमा युटर्न लिएपछि प्रचण्ड र उपेन्द्र यादव तनावमा आएको समाचार प्राप्त भएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *