Loading...
मुद्धा फिर्ता गराउने महन्थलाई धोका दिंदै रेशमलाइ बाइ बाइ भन्दै उपेन्द्र गृहमन्त्रि बन्दै

काठमाडौं, २३ वैशाख । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनाउन तयार भएको छ । र यसको वातावरण वातावरण बनाउन नेताहरू सक्रिय भएका छन् । स्रोतका अनुसार कांग्रेसले माओवादी केन्द्र, एमालेको माधव नेपाल पक्ष र जसपासंग पनि नयाँ सरकार गठनका विषयमा छलफल गरिरहेको छ । र नयाँ सरकारमा गृहमन्त्री जसपाका अध्यक्ष उपेन्द्र यादवलाई बनाउने प्रस्ताव गरिएको छ । आफू प्रधानमन्त्री बन्ने परिस्थिति बनाउन देउवाले पार्टी नेताहरूलाई खटाएका छन् । खटिएका नेताहरुले यस्तो जानकारी दिएका हुन् । संसद्मा कांग्रेस नभई सरकार नबन्ने परिस्थिति बनेकाले गठबन्धनबाट नयाँ सरकार बनाउ लागिएको हो । देउवाले पार्टीको शीर्ष नेताहरूसंग पनि छलफल गरिरहेका छन् । देउवा माओवादी केन्द्र, माधव नेपाल समूह र जसपासँग निरन्तर छलफलमा छन् ।

dainiknewsnepal.com

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *