Loading...
देउवालाई महतोको कडा जवाफ – “हामीलाई सत्ता होइन आन्दोलनकारीको जीवन प्यारो छ”

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग छलफल गरेका छन् । देउवाले आइतबार विहान आफ्नो निवास बूढानीलकण्ठमा बोलाएर प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिन र नयाँ सरकार गठनका लागि आफूलाई साथ दिन आग्रह गरेका छन् । जसपा नेताहरुले चाहिँ आफूहरुले कतै पनि मत नदिने र तटस्थ बस्ने जनाऊ दिएका छन् । महतोले भने, ‘जसपाको एजेण्डा केपी ओलीको सरकार होस् वा देउवाको सरकार होस् या प्रचण्डको सत्ता होस् । सत्ता हाम्रो एजेण्डा होइन । सत्ताको कुरा गर्नु पार्टीलाई अप्ठ्यारो पार्नु हो ।’ महतोले भन्नु भयो – “जसपाको एजेण्डा केपी ओलीको सरकार होस् वा देउवाको सरकार होस् या प्रचण्डको सत्ता होस् । सत्ता हाम्रो एजेण्डा होइन । सत्ताको कुरा गर्नु पार्टीलाई अप्ठ्यारो पार्नु हो । सत्ता एमाले -कांग्रेस र माओबादी लाइ प्यारो होला हामीलाई मधेश आन्दोलन का आन्दोलनकारी को जीवन प्यारो छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *