Loading...
तटस्थ नबसे सत्ताका लोभीहरुले पार्टी फ़ुटाउछन, हामी फ़ुटन दिदैनौ, पार्टीको माया छ- महन्थ

जनता समाजबादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले कुनै पनि हालतमा पार्टी फ़ुटन नदिने बताउनु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते संसदमा विश्वासको मत लिँदैछन् । त्यसको एक दिनअघि काँग्रेस सभापति शेरबहादुर देउवालाई भेटिसकेपछि ओलीलाई भेट्न बालुवाटार पुगेका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोले आफ्नो पार्टी तटस्थ बस्ने कुरा बाहिर ल्याएका हुन् । अध्यक्ष ठाकुरका अनुशार तटस्थ नबसे प्रचण्डका सहकर्मी आफ्ना पार्टीका नेताहरुले सत्ता पाउनका लागि पार्टी नै फुटाएर भए पनि सत्तामा रमाउन जान तयार भएका छन् । उहाले भन्नु भयो – ” हामीलाई सत्ता चाहिएको छैन , हामीलाई आन्दोलन कारिको जीवन प्यारो छ ।” तर अर्का अध्यक्ष उपेन्द्र यादव जसरि पनि देउवा प्रचण्ड संग मिलेर सरकार बनाउन चाहन्छन । उनि सरकार मा जान चाहन्छन । ठाकुरले भन्नुभयो – ” रेशम चौधरी सहित निर्दोष आन्दोलनकारीहरुको जीवन रक्षा हामीलाई चाहिएको छ, साथमा पार्टी पनि जोगाउनु छ। सत्ताका लोभिहरुले जति पार्टी फुटाउने प्रयास गरेपनि हामि फुट्न दिदैनौ। “

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *