Loading...
मुद्धा संग खेलवाड गर्नु भन्दा जसपालाई तटस्थ बस्न नै उपाध्यक्ष गुरुको सुझाब

राैतहट ।। अहिले नेपालको राजनीतिमा जनता समाजवादी पार्टीलाई तथस्त बस्नु नै पर्ने प्रेस मन्चका केन्द्रीय उपाध्यक्ष विन्दकिशाेर साह “गुरु” ले सुझाव दिनु भएकाे छ । साहले, नेपाली सासकको विगतको रवैया हेर्दा सवैले धोखा माथि धोखा दिएकै हो र केही जसपाकै नेताहरु त्यस्ता प्रतिगमनकारीको साथ दिएर भोगी समेत सकेको अवस्थामा जसपाको अरु कूनै विकल्प नरहेको छ ।

जसपा निर्माण हुनु अगाडि वा निर्माण भइसके पछाडि पनि ठाकुर-महतो पक्ष कहिले पनि सरकार लाई प्राथमिकतामा राखेन र जहिले पनि उहाँहरूको लागि मधेशी, थारु, जनजाति लगायत पिछडा वर्गहरुको मुद्दा नै प्राथमिकतामा रहदै आएको छ । तर जसपा भित्रकै केही नेता जसपा निर्माण हुनु अगाडि पनि मुद्दालाई लतियाउदै सत्ता सहकार्य गरेका थिए भने अहिले जसपा निर्माण भइसकदा पनि सत्तामा जान दुईवटा प्रतिगमनकारी संग काँधमा काँध मिलाई तयार भएर बसेका छन् ।

जुन मधेशी, थारू, जनजाति लगायत पिछडावर्गको लागि धोखा हुनेछ र उनीहरूको मुद्दा संग खेलवाड हुनेछ । त्यसकारण जसपालाई तथस्ट नै बस्नुपर्छ । एउटा प्रतिगमनकारी लाई विस्थापित गर्न दुईवटा प्रतिगमनकारी लाई स्थापित गर्नुहुँदैन साहकाे सुझाव दिएका छन् ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *