Loading...
कोरोना महामारी नियन्त्रणका लागि लागि सिद्धार्थ बैंक माधोपुरद्धारा नपालाई २ लाख सहयोग ।

ओम प्रकाश यादव
बैशाख २९ गते, रौतहट ।
सिद्धार्थ बैंकको शाखा कार्यालय माधोपुर रौतहटले कोरोना भाइरस रोकथामका लागि माधवनारायण नगरपालिकालाई आज लाखौ रुपैया सहयोग गरेको छ ।
कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा संक्रमितको उपचारका लागि सिद्धार्थ बैंकको शाखा कार्यालय माधोपुरले माधवनारायण नगरपालिकालाई दुई लाख सहयोग गरेको हो ।
माधोपुर बजारमा रहेको सिद्धार्थ बैंकको शाखा कार्यालयका प्रबन्ध निर्देशक विष्णु प्रसाद गुप्ताले माधवनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थलाई दुई लाख रुपैयाको चेक हस्तान्त्रण गरेका छन ।
आज एक कार्यक्रमका बीच बैंकका ब्रान्च मैनेजर गुप्ताले प्रशासकीय अधिकृत कायस्थलाई उक्त चेक हस्तान्त्रण गरेका हुन ।
नयाँ भेरियन्ट सहितको दोश्रो लहरको कोरोना भाइरस नेपाल सहित रौतहटमा समेत तिव्र गतिमा फैलेको र संक्रमित भएर मृत्यु हुनेको संख्या पनि बढदै गएपछि यसको रोकथामका लागि बैंकले नगरपालिकालाई सहयोग गरेको हो ।
पछिलो समय रौतहटमा पैसाको अभावमा उपचार नपाएर कोरोना संक्रमितको मृत्यु हुन थालेपछि पैसाको अभावमा अब कुनै संक्रमितको पनि मृत्यु नहोस भन्ने उद्देश्यले बैंकको तर्फबाट नगरपालिकालाई सहयोग गरिएको बैंकका कर्मचारी लालबाबु महतोले बताएका छन ।
माधवनारायाण नगरपालिकाबासीलाई कोरोना महामारीबाट जोगाउन तथा व्यवस्थापनका लागि सिद्धार्थ बैंकले नगरपालिकालाई दुई लाख सहयोग गरेको कर्मचारी महतोले बताएका हुन ।
महाविपद एवं संकटका बेला नगरवासीको जिउ ज्यान सुरक्षित राख्नका लागि बैंकले ठुलो रकम सहयोग गरेर देखाएको हिम्मत र त्यागलाई सबैले खुलेर प्रसंशा गरिरहेका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *