Loading...
यस कारण केपी ओलीले मारे बाजी र खाल्टोमा खसे उपेन्द्र, बिश्वासको मतमा ओलीको दुर दृष्टि

रमेश यादब

कुनै बेला राष्ट्रिय राजनीतिमा निर्णायक मानिएका जनता समाजबादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादब अहिले अपरिपक्वताको राजनीतिको दलदलमा फस्दै गएका छन् । त्यसको कारण हो एकलौटी निर्णय गर्ने। लुम्बिनी प्रदेशका आफ्नै सांसदहरुलाई बहुमतको बल देखाएर कारवाही गरेका यादब नराम्री पछाडिएका हुन् । हुन् त कारवाही गरे पनि उनीहरु मन्त्रि बनेपछि उपेन्द्रलाई दुइ गुणा ठूलो झट्का लागेकै हो। किनभने कारवाही गरेर आफ्नै पार्टीमा आलोचनाको शिकार हुनु र उनीहरु मन्त्रि बन्नु । फेरी अहिले आएर प्रधानमन्त्रि केपी ओलीलाई हटाउनु भन्दा अगाडी नै संसदमा उपेन्द्रले अरु दलका नेताहरु भन्दा बढी नै आक्रोशित रुपमा चिच्याउदै भने तपाइँलाइ बिश्वासको मत दिन्न हटाउछु। तर हटाउन कता कता तिन दलको तर्फ बाट राष्ट्रपति कार्यालयमा बहुमतको दाबी समेत गर्न आँट गर्न सकेन । आवेगमा आएर गरेको दम्भको भाषणले उनि आफ्नै बन्चरोले आफ्नै खुट्टामा प्रहार गरेका छन् ।

एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले बिश्वासको मत लिने कुरालाई सजिलै पराजित गर्ने र सरकार गठन गरेर सरकारमा जाने यादबको सपना ओली र राजनीतिक क्षेत्रमा जीवन व्यतित गरेका अर्का अध्यक्ष महन्थ ठाकुरले चकनाचुर गरि दिएका छन् । उहा आफ्नै पार्टीका विरुद्ध जानु र प्रचण्ड र देउवाले भनेको कुरामा सजिलै बिश्वास गर्ने र आफ्नो दिमागले नसोच्ने नेता भएको प्रमाणित ठाकुरले गरिदिएको छ । प्रधानमन्त्री ओलीलाई सबै भन्दा सजिलै लिने नेता उपेन्द्र यादब नै हुन् । जबकी उनको बिस्वासको मत लिने कुरालाई कसले पनि सजिलो मानेका थिएनन। ओली एक माथि अर्को खेल खेल्ने दिग्गज नेता हुन्। तर उपेन्द्रले सजिलै लिए र प्रचण्डको पछाडी लागे । ओली, बर्सौ देखि मुह फुलाएर बसेका एमालेका बरिष्ठ नेता माधब नेपाल खेमालाइ पनि फकाउन सफल नेता हुन्।

पूर्ब प्रधानमन्त्री बाबुराम भट्टराई संग पार्टी एकता गर्दा पनि उहाले कसरी पार्टी एकता हुदैछ मा ध्यान नदिएका कारण ६०-४० को आधारमा पार्टी एकता गर्ने सहमति गरेका यादबको एकीकरण ठिक उल्टो तरिका ले भएको थियो। अर्थात बाबुरामले ६० र उपेन्द्र ले ४० लिएका थिए। त्यहि बाबुरामको भरमा पूर्ब राजपा का नेताहरुलाई समान ब्यबहार नगरेको एक नेताले दाबी गरेका छन् । रेशम चौधरी सहित मधेशको माग उठाई रहेका महन्थलाइ साथ् नदिने यादबको अहिले चौतर्फी आलोचना भैरहेको छ ।

अहिले सजिलै अनुमान गर्न सकिने कुरा के हो भने घोषणा हुन् बाकि रहेको जसपा लगभग फ़ुटिनै सकेको छ। घोषणा हुन् नसकेको अबस्थामा दुइ अध्यक्षले दुइ किसिमले निर्णय र बिज्ञप्ती जारी गर्ने गरेको छ । यसको दुइ वटा कारण हो। त्यो हो पहिलो ठाकुर पक्षका नेताहरु मधेशका माग पुरा गराउन चाहन्छन र त्यसमा सफल पनि भएका छन् । जस्तै १२० जनाको मुद्धा फिर्ता लगायत। तर त्यसमा यादबलाइ खासै कुनै रुचि देखिएन। र दोस्रो कारण हो प्रचण्ड र देउवाको पछि लाग्नु बाबुरामको इशारामा। यदि यादब ठाकुर संग मिलेर निर्णय गर्ने हो भने जसपा नेपाल प्रधानमन्त्री पद समेत पाउन सक्छन । तर त्यो यादबलाइ पच्दैन । अब कहिले पार्टी फ़ुट्छ र घोषणा हुन्छ त्यो यादबको ब्यबहारमा फरक पर्छ ।

यता महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरेको छ । बिहीबार बसेको बैठकले महतोलाई दल नेता चयन गरेको एक सांसदले जानकारी दिएका छन् । महतोलाई संसदीय दलको नेता बनाउने निर्णयमा १९ सांसदले हस्ताक्षर गरेको उनको दाबी छ ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *