Loading...
केपीको सत्ता खोस्न असफल उपेन्द्र सित चिन असतुष्ट, पूर्ब सपामा बिबाद, अध्यक्ष फेर्न पहल !

नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (उपेन्द्र पक्ष) का नेताहरुले शुक्रबार बिहान देउवा निवास बूढानीलकण्ठमा भेला भएर पछिल्लो राजनीतिक परिस्थितिबारे समीक्षा गरेका छन् । तीन दलका नेताहरुको बैठकले अब केपी ओलीले संसद विघटन गर्न सक्ने विश्लेषण गर्दै तीन दलीय सहकार्यलाई निरन्तरता दिने निर्णय गरेका छन् । ओलीको विकल्पमा बहुमत जुटाउन नसकेका नेताहरुको शुक्रबारको बैठकले लोकतन्त्र र संविधानको रक्षाका लागि फेरि सहकार्य जारी राख्ने निश्कर्ष निकालेको एक नेताले बताए । विपक्षी गठबन्धनको बहुमत नजुट्नुमा विदेशी चलखेल पनि जिम्मेवार रहेको र माधव नेपालले समेत धोका दिएको नेताहरुको निश्कर्ष छ ।

यता दुइ खेमामा विभाजित जनता समाजबादी पार्टी नेपालमा अध्यक्ष महन्थ ठाकुरले तटस्थ बस्ने निर्णय समेत गरिसकेको छ। कुनै बेला राष्ट्रिय राजनीतिमा निर्णायक मानिएका यादब अहिले अपरिपक्वताको राजनीतिको दलदलमा फस्दै गएका छन् । त्यसको कारण हो एकलौटी निर्णय गर्ने। लुम्बिनी प्रदेशका आफ्नै सांसदहरुलाई बहुमतको बल देखाएर कारवाही गरेका यादब नराम्री पछाडिएका हुन् । हुन् त कारवाही गरे पनि उनीहरु मन्त्रि बनेपछि उपेन्द्रलाई दुइ गुणा ठूलो झट्का लागेकै हो। किनभने कारवाही गरेर आफ्नै पार्टीमा आलोचनाको सहकार हुनु र उनीहरु मन्त्रि बन्नु । फेरी अहिले आएर प्रधान मन्त्रि केपी ओलीलाई हटाउनु भन्दा अगाडी नै संसदमा उपेन्द्रले अरु दलका नेताहरु भन्दा बढी नै आक्रोशित रुपमा चिच्याउदै भने तपाइँलाइ बिश्वासको मत दिन्न हटाउछु। तर हटाउन कता कता तिन दलको तर्फ बाट राष्ट्रपति कार्यालयमा बहुमतको दाबी समेत गर्न आँट गर्न सकेन । आवेगमा आएर गरेको दम्भको भाषणले उनि आफ्नै बन्चरोले आफ्नै खुट्टामा प्रहार गरेका छन् ।

चिनियाँ राजदुत होउ यान्छीको बिशेष पहलमा केपी ओलीको सरकार खसाल्ने निर्णय भएको स्रोतले दाबी गरेको छ । नाम उल्लेख नगर्ने सर्तमा पार्टीका एक केन्द्रिय कारिणी सदस्यले भन्नु भयो – “उपेन्द्रले राजदुत यान्छीलाइ सजिलै गरि प्रधानमन्त्री केपी शर्मा ओलीको सत्ता पल्टि दिने बिश्वास दिलाएका थिए । उपेन्द्रको त्यो कुरामा यान्छी खुशीले गद गद समेत भएकी थिइन् । तर सत्ता पल्टिन त टाढै जाओस बहुमत सिद्ध समेत गर्न नसेका उपेन्द्र संग यान्छी ब्यापक असन्तुष्ट बनेकी छिन। स्रोत भन्छ – उनि उपेन्द्रको टिमलाइ कामै नलाग्ने नेताहरुको झुण्डको समेत संज्ञा दिएकि छिन ।
एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीले बिश्वासको मत लिने कुरालाई सजिलै पराजित गर्ने र सरकार गठन गरेर सरकारमा जाने यादबको सपना ओली र राजनीतिक क्षेत्रमा जीवन व्यतित गरेका ठाकुरले चकनाचुर गरि दिएका छन् ।
यता यादब पक्ष का सांसद हरु सरकार मा जान नपाएको भनेर पार्टीमा ब्यापक असन्तुष्टि बढेको छ। सरकारमा लाने र जाने सबै तयार भएको अबस्थामा थियो। त्यसैले सप्तरीका सांसद चन्द्रकान्त अन्तिम समयमा खेमा बदलेर उपेन्द्र तिर गएका थिए । तर सरकारमा जान कहा कहा झन् मधेशमा आलोचना बढेपछि पूर्ब समाजबादीका नेता सांसदहरु अध्यक्ष नै फेर्ने अन्तिम तयारी गरेको स्रोतको दाबी छ ।
स्रोत भन्छ कुनै खास राजनीति घटना घटेन भने १-२ हप्ता मै अध्यक्ष यादबलाइ कारवाही गरेर हटाउने तयारि भित्र भित्रै भै रहेको जानकारी प्राप्त भएको छ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *