Loading...
नेपालको धरोहर सगरमाथा आरोहणमा चीनले किन लगायो रोक, यस्तो छ कारण

जेठ, काठमाडौं । चीनले तिब्बततर्फबाट सगरमाथा आरोहणमा अस्थायी रुपमा रोक लगाएको छ । नेपालमा कोरोना संक्रमणको दर उच्च रहेको र नेपालतर्फको आधारशिविरमा केही आरोहीमा संक्रमण देखिएपछि चीनले उच्च सावधानी अपनाउँदै आरोहणमा रोक लगाएको छ ।

चिनियाँ सरकारी निकायले शुक्रबार एक सूचना जारी गर्दै सगरमाथा आरोहणको अनुमति बन्द गरिएको जानकारी दिएको छ । चीनले यसअघि सगरमाथाको चुचुरोमा विभाजन रेखा कोरेर आफ्नो तर्फबाट आरोहण गरेका आरोहीलाई नेपालतर्फबाट आरोहण गरेकाहरुसँग मिसिन नदिने योजना बनाएको थियो ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *