Loading...
माधवनारायण नगरपालिकामा २५ बेडको अक्सिजन सहितको आइसोलेसन कक्ष तयार ।

ओम प्रकाश यादव
जेठ २ गते, रौतहट ।
नयाँ भेरियन्ट सहित फैलिएको दोश्रो लहरको कोरोना महामारी नियन्त्रण गर्ने तर्फ स्थानीय तहका जनप्रतिनिधि उदासिन रहेको भनी आरोप लागिरहेको बेला रौतहटका एक स्थानीय तहले आफनै लगानीमा अक्सिजन सहितको आइसोलेसन बेड तयार गरेको छ ।

कोरोना संक्रमित विरामीको उपचारका लागि स्थानीय तहका जनप्रतिनिधिहरुले कुनै तयारी नगर्दा अथवा कुनै ध्यान नदिदा कोरोना संक्रमितको ज्यान जान थालेको भनी गुनासो बढन थालेपछि रौतहटको माधवनारायण नगरपालिकाले २५ बेडको अक्सिजन सहितको आइसोलेसन कक्ष तयार गरेको हो ।

सम्भावित कोरोना संक्रमित तथा कोरोना संक्रमित बिरामीको उपचारका लागि माधवनारयण नगरपालिकाले आफनै लगानीमा अक्सिजन सहितको २५ बेडको आइसोलेसन कक्ष निर्माण गरेको छ ।
माधवनारायण नगरपालिका २ माध्यमिक विद्यालय खेसरहियामा २५ बेडको आइसोलेसन कक्ष तयार गरिएको छ ।
२५ बेड मध्ये १० बेडमा अक्सिजनको समेत व्यवस्था गरिएको छ भने बाँकी १५ बेड आइसोलेसनको रुपमा रहेको माधवनारायण नगरपालिकाका नगर प्रमुख विरेन्द्र प्रसाद यादवले जानकारी दिनुभएको छ ।
कोरोना संक्रमितको औषधी उपचारका लागि नगरभरीको गरी खेसरहीया स्कुलमा अक्सिजन सहितको आइसोलेसन बेड तयारी अवस्थामा राखिएको नगर प्रमुख यादवले बताउनुभयो ।
अबदेखी यस नगरपालिका भित्रका कुनै पनि व्यक्ति कोरोना संक्रमित भएमा खेसरहीयामा निर्माण गरिएको उक्त आइसोलेसनमा नै राखेर उपचार गरिने मेयर यादवले बताउनुभयो ।
अक्सिजन र आइसोलेसन बेडको अभावमा अब कोरोनाबाट कसैको पनि मृत्यु नहोस भन्ने उद्देश्यले आइसोलेसन कक्ष तयार गरिएको माधवनारायण नगर प्रमुख यादवले बताउनुभयो ।
महाविपदको यस घडिमा नगरवासीको जिउ ज्यान जोगाउनका लागि नगर प्रमुख विरेन्द्र यादवले जिल्लामै पहिलो पटक अक्सिजन सहितको आइसोलेसन बेड तयार गरी देखाएको हिम्मत र साहसलाई उनको चारैतिर प्रशंसा हुन थालेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *