Loading...
२ बुंदे सम्झौता गरि मन्त्री खान मधेससँग सम्झौता गर्दिन, मधेशीको अधिकार दिलाउछु – महन्थ

जनता समाजवादी पार्टी (जसपा) मा आन्तरिक विवाद चर्को भएपछि सहमतिका लागि अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव बीच गोप्य बैठक भएको छ । शनिबार उनीहरुको कुराकानी भए पनि सहमति बन्न नसकेको बरु उल्टै विग्रह हुन लागेको बताइन्छ। यादव पक्षले नेता राजेन्द्र महतोलाई संसदीय दलको नेता नमान्ने स्पष्ट भनेपछि ठाकुर पक्षले सहमति हुन नसक्ने बताएको थियो। ‘हामीलाई जानकारी बिना हस्ताक्षर गरेर लुम्बिनीका चार सांसदलाई किन हटाएको?’ भनी प्रश्न गरेको थियो। यादव समूहले राखेका मागका विषयमा मात्रै सहमति हुन नसक्ने भन्दै ठाकुर पक्षले बरु पार्टी विभाजनमा जान सक्ने चेतावनी दिएको उच्च स्रोतले भन्यो। सरकार र प्रतिपक्षी दुई खेमामा बाँडिएका जसपा नेताहरुको मिलनविन्दुमा अझ बाधक बन्यो पछिल्लो पटक गोप्य रुपमा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको विषय। ‘प्रतिपक्षीसँग मात्र होइन, सत्ताका लागि तपाईहरु ओलीजीलाई पनि भेटिरहने, अनि हामीलाई तटस्थ किन बसेको? भन्ने? तपाईको मन्त्री पदका लागि पार्टीले मधेससँग सम्झौता गर्दैन भन्यौं’, ठाकुर पक्षका अर्का नेताले भनेका छन्।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *