Loading...
मधेशका ‘मसिहा’ डा. बाबुराम भट्टराईको नाममा……………………..पत्रकार बिपी साह
नेपालमा सर्वप्रथम कुनै पार्टीको अध्यक्ष महिला भएकी थिइन् । पम्फा भुसाल । उनै पम्फा भुसाललाई जालझेल गरी अध्यक्षबाट हटाएर अध्यक्षीय राजनीतिको सुरुवात गर्ने व्यक्ति हुन् डा.बाबुराम भट्टराई ।
माओवादी जनयुद्धमा सबभन्दा शक्तिशाली संगठन थियो, मधेशी मुक्ती मोर्चा। जसले पार्टीभित्र मधेशीका लागि शसक्त रुपमा आवाज उठाउने गरेको थियो र नेतृत्वलाई चुनौती दिने गरेको थियो। पार्टीभित्र मधेशलाई कमजोर पार्न उक्त मोर्चालाई टुक्रा टुक्रामा विभाजन गर्ने व्यक्ति हुन् डा.बाबुराम भट्टराई ।
संघीयता विनाको अन्तरिम संविधान जारी हुँदा माओवादीका दोस्रो शक्तिशाली ‘विद्धान’ नेता थिए डा.बाबुराम भट्टराई ।
मधेशीसहित सीमान्तकृतहरुको बोलबाला रहेको पहिलो संविधानसभा विघटन गरी चुनाव घोषणा गर्ने व्यक्ति हो डा.बाबुराम भट्टराई ।
मधेशमा रगतको होली खेलेर जारी भएको रत्तरंजित नेपाली संविधानका निर्माता मध्येका एक हुन् डा.बाबुराम भट्टराई ।
यतिका मधेश र मधेशी विरोध गतिविधि गर्दासमेत मधेशका ‘मसिहा’ भएका छन् डा.बाबुराम भट्टराई ।
बाबुरामलाई आदरणीय स्व.बेदानन्द झाले लगाएको गुण तिर्न उनी मधेश झरेका होइनन्। पहाडबाट अस्वीकृत भएपछि शक्ति आर्जन गर्न मधेश पसेका हुन् बाबुराम भट्टराई । जसरी राणाहरु कर, लगान र कुत उठाउन मधेश झरेका थिए।
‘विद्धान’ डा.बाबुराम भट्टराईको विद्धताले जनयुद्ध असफल भयो, कम्युनिष्टहरु छिन्नभिन्न भए। उनको विद्धताले बिप्पा सम्झौता बाहेक राष्ट्रिलाई कुनै ठूलो रणनीतिक वा व्यवहारिक फाइदा भएको जस्तो मलाई लाग्दैन।
तर, डा.बाबुराम भट्टराई लेखपढ गर्न जान्ने, भाषण कला जान्ने, गुट बनाउन जान्ने राम्रो श्रष्ठा हुनुहुन्छ भन्नेमा कुनै दुई मत छैन।
यी सब कर्म र अवसरवादको चिलगाडी चढेर मधेशमा ल्याण्ड गरेका डा.बाबुराम भट्टराई मधेशीका ‘महिसा’ भएका छन्। सायद, दास मधेशीहरुलाई पर्वते मालिकको चरण पखालेर पानी खाने बानी बसिसकेको छ।
मालिकको चरण पखालेर पानी नै खानु छ भने प्रदिप गिरीको खाउ । उनी मधेशमै बसेर, मधेशबाटै जितेर मधेशका लागि बोल्ने मात्रै होइन मधेशी मारिदा संविधानसभामा आवाज दर्ज गराई बहिस्कार गरेर हिड्ने एक मात्र पर्वर्ते मधेशी हुन्। उनी मन्त्री खान मधेशीको भोट अहिलेसम्म बेचेका छैनन्।
होइन भने मधेशमा आफ्नै नेतृत्व निर्माण गरौं। आन्दोलन स्वायत्तता, स्वतन्त्रता, स्वशासन र आत्मनिर्णयका लागि गर्ने अनी नेता चै अवसरवादको चिलगाढी चढाएर ल्याउने?

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *