Loading...
निषेधाज्ञालाई पुर्ण पाल्ना गराउन आफै सडकमा उत्रिन थाले माधोपुरका असई रविन्द्र यादव ।

ओम प्रकाश यादव
जेठ ३ गते, रौतहट ।
स्थानीय प्रहरीको सक्रियतामा रौतहटको माधोपुरमा निषेधाज्ञाको पुर्ण पाल्ना भइरहेको देखिएको छ ।
लगाइएको निषेधाज्ञालाई गाउँबासीले अटेरी गर्न थालेपछि कडाइ गर्न रौतहटको माधोपुर प्रहरी चौकीका इन्चार्ज एवं प्रहरी सहायक निरीक्षक असई रविन्द्र यादवले आफै सडकमा उत्रेका छन ।
निषेधाज्ञालाई पुर्ण रुपले पाल्ना गराउन असई यादवले आफै दिनहुजसो सडकमा उत्रिन थालेका छन ।
कोरोना भाइरस रोकथामका लागि रौतहट प्रशासनले जेठ ७ गते राती १२ बजेसम्मका लागि जिल्लाभरी नै निषेधाज्ञा आदेश जारी गरेको छ ।
जिल्लाको माधवनारायण नगरपालिका ६ माधोपुर प्रहरी चौकीको प्रहरीको सक्रियतामा माधोपुर बजार सहित आसपासमा पुर्ण रुपमा निषेधाज्ञा पाल्ना भइरहेको पाइएको छ ।
माधोपुर प्रहरी चौकीका इन्चार्ज एवं प्रहरी सहायक निरीक्षक असई रविन्द्र यादव स्वंयम आफै दिनहु सडकमा उत्रेर आवतजावत गर्नेहरुमाथी निगरानी गर्न थालेका छन ।
प्रहरी जवानहरुसँगै असई यादवले चौकीको अगाडी रहेको माधोपुर गाउँको मुख्य सडकमा आफै उत्रेपछि निषेधाज्ञाको पुर्ण पाल्ना हुन थालेको छ ।
सडकमा असई यादवले निषेधाज्ञा उल्लंघन गर्नेमार्थी आक्रमक बनेपछि निषेधाज्ञा उल्लंघन गर्नेहरुको संख्यामा व्यापक कमी आएको छ ।

असई यादवले बाटोमा विना काम आवतजावत गर्नेहरुलाई कार्यवाही गर्नुका साथै समझाई बुझाई समेत गर्ने गरेका छन ।
उनले विना काम बाहिर हिडडुल गर्नेहरुलाई लठी चार्ज गर्नुका साथै जरिवाना समेत गर्ने गरेका छन ।

असई यादवले निषेधाज्ञामा पसल बजार बन्द गर्न प्रशासनले दिएको आदेशलाई समेत पुर्ण पाल्ना गराउन सफल भएका छन ।
उनको सक्रियतामा माधोपुर बजार समेत पुर्ण रुपमा बन्द रहेको पाइएको छ । उनले पसल खोल्ने र विना काम घर बाहिर निस्कनेहरुमाथी कडा निगरानी गर्ने गरेका छन जसका कारण माधोपुर बजार आसपासमा निषेधाज्ञा पुर्ण पाल्ना भएको देखिन्छ ।

जिल्ला प्रशासन कार्यालयले जेठ ७ गतेसम्मको लागि निषेधाज्ञाको समय थप्दै अत्यावश्यक बाहेक पसलहरु समेत बन्द गर्ने भनी निषेधाज्ञा जारी गरेकोले उक्त निषेधाज्ञालाई प्रभावकारी बनाउन उक्त टोली बजारमा उत्रेको हो ।
असई यादवको सक्रियताका कारण यतिखेर माधोपुर बजार पुर्ण रुपमा बन्द रहेको देखिन्छ ।
निषेधाज्ञा उल्लंघन हुन नदिन आफु स्वंयम सडकमा उत्रने गरेको असई यादवले बताउनुभएको छ ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *