Loading...
रौतहटको बौधीमाई नगरपालिकाले कोभिड बिरामीका लागि आजदेखी शुरु गर्यो निशुल्क एम्बुलेन्स सेवा ।

ओम प्रकाश यादव
जेठ ३ गते, रौतहट ।
रौतहटको बौधीमाई नगरपालिकाले आजदेखी निशुल्क एम्बुलेन्स सेवा शुरु गरेको छ ।
भारत सहित नेपालमा कोभिड १९ को नयाँ भेरियन्टले आतंक मच्चाउनुका साथै गम्भिर संकट उत्पन्न गराएको बेला रौतहटको बौधीमाई नगरपालिकाले कोरोना संक्रमित विरामीका लागि आजदेखी निशुल्क एम्बुलेन्स सेवा सुचारु गरेको छ ।

रौतहटमा कोरोना संक्रमित र मृत्कको संख्या दिनानुदिन बढदै जान थालेपछि बौधीमाई नगरपालिकाले आफना नगरवासीको सुविधाका लागि नयाँ एम्बुलेन्स खरिद गरेको छ ।
बौधीमाई नगरपालिकाले खरिद गरेको उक्त सुविधा सम्पन्न एम्बुलेन्स आजदेखी सञ्चालनमा आएको छ ।
बौधीमाई नगर प्रमुख राजिव रन्जन यादवले आज पुजापाठ गरेर उक्त एम्बुलेन्स सेवा सुचारु गरेका हुन ।

एम्बुलेन्सको अभावमा कोरोना संक्रमितलाई समयमै अस्पतालसम्म पुरयाउन समस्या हुन थालेको भनी व्यापक रुपमा गुनासो आएपछि आफु एम्बुलेन्स खरिद गरी सञ्चालन गरेको बौधीमाई नगर प्रमुख राजिव रन्जन यादवले बताएका छन ।
एम्बुलेन्सले अहिले कोभिड १९ संक्रमितका लागि मात्र २४ औ घण्टा निशुल्क रुपमा सेवा दिने मेयर यादवले बताए ।
आफना नगरवासी भएको कोरोना संक्रमितलाई कोरोना महामारीसम्म निशुल्क रुपमा नै एम्बुलेन्स सेवा प्रदान गरिने मेयर यादवले बताए ।
जनताको स्वास्थ्य अवस्थालाई ख्यालमा राखी निशुल्क एम्बुलेन्स सेवा दिन लागेको उनले बताए ।

अहिलेको समय जनताको जिवन रक्षा भन्दा ठुलो कुरा केहि पनि नरहेकोले आफु निशुल्क एम्बुलेन्स सेवा सुचारु गरेको बताउँदै मेयर यादवले नगरवासीको जिउ ज्यानको रक्षा गर्न कुनै कसर बाँकी नराख्ने बताए ।
कुनै कोरोना संक्रमित बिरामीलाई एम्बुलेन्सको आवश्यक्ता परेमा एम्बुलेन्स चालक दिनेश जयसवालको नम्बर ९८६५२८०९४० मा सम्पर्क गर्न आग्रह गरिएको छ ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *