Loading...
जसपाका दुइ अध्यक्ष बीच सहमतिपछि बोलाइयो कार्यकारिणी समितिको बैठक, बैठक कहिले ?

४ जेठ, काठमाडौं । दुइ अध्यक्ष बीच भएको सहमति पछि जनता समाजवादी पार्टीले केन्द्रीय कार्यकारिणी समिति बोलाएको छ । अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादवले कार्यकारिणी समितिका सदस्यलाई पत्र लेखी जेठ ८ र ९ गते हुने बैठकमा सहभागी हुन आग्रह गरेका छन् ।

आजै ठाकुर र यादवले सरकारको नेतृत्वमा दावी गरी संयुक्त विज्ञप्ति निकालेपछि कार्यकारिणी समिति बैठक बोलाएका हुन् । पत्रमा बैठक को एजेण्डा बारे देशको वर्तमान परिस्थितिमा विभिन्न विषयमा विचार विमर्श गरी निश्कर्षमा पुग्नुपर्ने भएकाले बैठक राखिएको उल्लेख गरेका छन् । बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा बोलाइएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *