Loading...
रौतहटमा जारी निषेधाज्ञा जेठ १३ गतेसम्मका लागि थप ।

ओम प्रकाश यादव
जेठ ६ गते, रौतहट ।
रौतहटमा तेश्रो पटक निषेधाज्ञा थप गरिएको छ । रौतहटमा जारी निषेधाज्ञा आगामी जेठ १३ गतेसम्मका लागि थप गरिएको छ ।
जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को आज बसेको बैठकले आगामी जेठ १३ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा जारी राख्ने राख्ने निर्णय गरेको छ ।
यसअघि दोश्रो पटक जेठ १ गतेदेखी जेठ ७ गतेसम्मका लागि निषेधाज्ञा थप गरिएको थियो भने पहिलो पटक बैशाख २४ गते देखी जेठ ३१ ग्तेसम्मको लागि निषेधाज्ञाको आदेश जारी गरिएको थियो ।
कोरोना संक्रमणको दर अझै बढ्दै गएपछि आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञालाई निरन्तर्ता दिने निर्णय भएको रौतहटका प्रमुख जिल्ला अधिकारी सिडियो इन्द्रदेव यादवले जानकारी दिनुभएको छ ।
दिनप्रतिदिन कोरोना संक्रमित र मृत्कको संख्या बढदै गएपछि यसको रोकथाम तथा नियन्त्रणका लागि थप एकसाता निषेधाज्ञा लम्ब्याउने निर्णय गरिएको सिडियो यादवले बताउनुभयो ।
निषेधाज्ञामा अति आवश्यक काम बाहेक घरबाट बाहिर निस्कन पुर्ण रुपमा प्रतिबन्ध कायमै रहेको छ ।
निषेधाज्ञामा खाद्य सामग्रि किराना पसल, फलफुल, तरकारीका पसलहरु हप्ताको दुई दिन सोमवार र विहिवार मात्र खोल्न निर्णय यथावत रहेको छ भने बैंक तथा वित्तिय संस्थाहरु २० प्रतिशत मात्र जनशक्ति प्रयोग गरी हप्ताको दुई दिन आइतवार र बुधवार मात्र खोल्न दिने निर्णय पनि यथावत नै रहेको छ ।
माछा मासुको व्यवसाय पलस खोली विक्रि गर्न रोक लगाइएको छ भने स्वास्थ्य मापदण्ड पाल्ना गरी विकास निर्माण कार्य सञ्चालन गर्न पाउने छन ।
निषेधाज्ञामा औषधी तथा औषधीजन्य पसल, पेट्रोल पम्प, उद्योग कलकारखाना २४ औ घण्टा खुल्ला राख्न भनिएको छ ।
अत्यावश्यक सेवा वाहेकका सरकारी कार्यालय, विमा, सार्वजनिक संस्था लगाएतका कार्यालयहरुको सेवा प्रवाह स्थगीत गर्ने र न्युन्तम कर्मचारी मात्र उपस्थित भइ कार्यालयको आन्तरिक प्रशासन शाखा सञ्चालन गरिन भनिएको छ ।
एकै ठाउँमा रोकी सञ्चालन हुने व्यापार व्यवसाय, हाट बजार लगाउन प्रतिबन्ध लगाइएको छ ।
त्यस्तै सवारी साधनहरुमा अत्यावश्यक सवारी साधन जस्तै एम्बुलेन्स, खोनपानी, विधुत, ढुवानी तथा यातायातका साधनहरु सञ्चालन रहने छ भने अत्यावश्यक कार्यमा खटिने सरकारी नम्बर प्लेटका सवारी साधनहरु, आधिकारीत प्रेस पास सवारी साधनहरु, स्वास्थ्यकर्मी, प्रहरी र बैंकका कर्मचारीहरुको सवारी साधन सञ्चालन गर्न दिइएको छ ।
यस बाहेक सार्वजनिक यातायातका सवारी साधनहरु बस, टयाक्सी, जीप, टेम्पो र निजी सवारी साधनमा चार र दुई पांग्रे सवारी साधन चलाउन पुर्ण रुपमा रोक लगाइएको छ ।
निषेधाज्ञा अवधिमा सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, मेला महोत्सव, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, डान्सवार, नाच, दोहोरी, क्लव, सपिंगमल, मनोरंजनस्थल, शैलुन, होटल तथा रेस्टुरेन्ट, ब्युटिपार्लर, जिमखाना, शैक्षिक संस्था, टयूसन सेन्टर, पुस्तकालय, संग्रहालय, खेलकुद र मानिसको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रम सञ्चालन गर्न रोक लगाइएको छ ।
त्यस्तै विवाह, ब्रतबन्ध, नृत्य, मृत्यु संस्कार लगाएतका कार्यक्रममा अनिवार्य रुपमा २५ जना भन्दा बढी सहभागी नहुन र मास्क स्यानिटाइजर प्रयोग गर्न भनिएको छ ।
त्यस्तै निर्माण सामग्रि ढुवानी प्रत्येक दिन राति ८ बजेदेखी विहान ७ बजे भित्रमा मात्र आवतजावत गर्नदिने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
जारी भएको निषेधाज्ञा आदेश उल्लंघन गर्नेलाई संक्रामक रोग एन २०२० अनुसार कार्यवाही गर्ने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *