Loading...
मधेशीको माग धमाधम पुरा हुँदै, मन्त्रिपरिषदबाटै महन्थले गराए बोल्ड निर्णय, मधेशमा दिपावली !

सरोज “खिलाडी”

काठमाडौं, ६ बैशाख । नगदमा पहिला मधेशको मुद्धा सम्बोधन गराउन कम्मर कसेका जनता समाजबादी पार्टीका अध्यक्ष महन्थ ठाकुर ले फेरी आज अर्को उपलब्धि हासिल गर्नु भएको छ। मधेशीको माग जसरी नै पुरा गराई छाड्ने प्रण गर्नु भएका नेता ठाकुरको अर्को मुद्धा पनि केपी सरकारले पुरा गरेका छन्।

सरकारले आमाको नागरिकता भएका सन्तानलाई वंशजको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आमाको नेपाली नागारिकता भए सन्तानलाई वंशज नागरिकता प्रमाणपत्र दिने निर्णय गरेको हो । आमाको नामबाट सन्तानले नागरिकता नपाइरहेको अवस्थामा बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले नागरिकता दिने निर्णय गरेको हो । जनता समाजवादी पार्टी नेपालले लामो समयदेखि नागरिकताको समस्या समाधानका लागि विधेयक ल्याउन सरकारसँग माग गर्दै आएको थियो ।

सुरुमा आफ्नै पार्टी का अर्का अध्यक्ष उपेन्द्र यादव गुटका नेताहरुले समेत ठाकुर लाइ पत्याएका थिएनन । तर १२० जनाको मुद्धा फिर्ता गराउन सफल महन्थको कार्य ले नेताहरुमा त्रास पैदा भएको थियो । तर आजको निर्णय ले धेरै नेताहरुको राजनीति संकट मा पर्ने देखिन्छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *