Loading...
चाहिदैन मलाइ प्रधानमन्त्री, मलाई मधेश र मधेशीको हक-अधिकार प्यारो छ – महन्थ ठाकुर

७ जेठ, काठमाडौं । वैकल्पिक सरकारको प्रधानमन्त्रीका रुपमा जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरको नाम चर्चामा छ भने नेपाली कांग्रेस र माओवादी केन्द्र पनि त्यसमा सकारात्मक देखिएको छ । तर स्वयं ठाकुरले भने रुचि देखाएका छैनन् । आज सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बाहिर चर्चा भएपनि आफूलाई कुनै प्रस्ताव नआएको बताए । उनले अघि भने, ‘म सुरुदेखि नै प्रष्ट छु, परिस्थितिजन्य काममा मेरो कुनै इच्छा आकांक्षा छैन ।’ सरकारले संविधान संशोधन गर्नका लागि पाँच जनाको कार्यदल बनाएको छ। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले नेकपा एमाले र जनता समाजवादी पार्टीका नेताहरूको समिति बनाएको हो। उक्त कार्यदलमा एमालेबाट पूर्वमहान्यायाधीवक्ता अग्नि खरेल, सांसद कृष्णभक्त पोखरेल र प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार बिष्णु रिमाल भने जसपाबाट लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ल छन्। नागरिकतासम्बन्धी अध्यादेश ल्याएको र संविधान संशोधनका लागि कार्यदल बनाएको भन्दै उनले अघि भने, ‘अदालतमा विचाराधीन मुद्दाहरुमा पनि छलफल भइरहेको छ । जे हुन्छ, कानुन, विधि अनुसार नै हुन्छ ।’ संचारकर्मी ले सोधेको एक प्रशं को जवाफमा अध्यक्ष ठाकुर ले भने – मलाइ प्रधानमन्त्री भन्दा पनि मधेश र मधेशीको हक अधिकार प्यारो छ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *