Loading...
झाले गरे भण्डाफोर ! आखिर ठाकुरले कांग्रेस-माओबादीको “प्रधानमन्त्री” चक्रभ्युमा किन फसेन ?

अहिले सबै भन्दा बढि उठेको प्रश्न हो आखिर किन जनता समाजबादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्रीका पद ठोक्राए । यसको भण्डाफोर जसपाका युवा नेता डा सुरेन्द्र झाले दिएका छन् । हुन् पनि हो यदि महन्थ ठाकुरमा कांग्रेस र माओबादीले प्रधानमन्त्री बनाउन चाहेका भए उहिल्ले नै भै सकेको हुन्थ्यो । त्यति मात्र होइन कांग्रेस सभा पति देउवा र माओबादी अध्यक्ष प्रचन्डले प्रधानमन्त्रीको कार्ड मात्र फालेको र मधेशको मुद्धा दबाउन आफूलाई प्रयोग गर्न खोजेको अध्यक्ष ठाकुरले बुझेका थिए । आखिर उनि पनि राजनीति मै जीवन बिताएका व्यक्तित्व हुन् । त्यति मात्र होइन यदि कागेस र माओबादी तयार भएको भए बैशाख २७ पछि पनि ठाकुरलाइ प्रधानमन्त्री बनाउन तुरुन्त निर्णय हुन्थ्यो होला त्यो पनि भएको थिएन । कांग्रेसले त अझ आफ्नै नेतृत्वमा सरकार बनाउने घोषणा नै गरि सकेका थिए । ठाकुरले मधेशको मुद्धा र माग सम्बोधन गर्न प्रधानमन्त्री तयार रहेको र सम्बोधन गर्दै अगाडी बढेको हुनाले तथ्स्ट बसेका हुन् । नभए मधेशको मुद्धा पनि दबिन्थ्यो र पद नपाउने निश्चित त थियो नै
हेर्नु होस् नेता झाको पोस्ट

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *