Loading...
रौतहटको इशनाथ नगरपालिकामा २० बेडको अक्सिजन नेबुलाइजर सहितको आइसुलेसन कक्ष तयार ।

कृष्ण तिवारी
जेठ ८ गते, शनिवार रौतहट ।
नयाँ भेरियन्ट सहित फैलिएको दोश्रो लहरको कोरोना महामारी नियन्त्रण गर्ने तर्फ स्थानीय तहका जनप्रतिनिधि उदासिन रहेको भनी आरोप लागिरहेको बेला रौतहटका एक स्थानीय तहले आफनै लगानीमा अक्सिजन र नेबुलाइजर सहितको आइसोलेसन बेड तयार गरेको छ ।
कोरोना संक्रमित विरामीको उपचारका लागि स्थानीय तहका जनप्रतिनिधिहरुले कुनै तयारी नगर्दा अथवा कुनै ध्यान नदिदा कोरोना संक्रमितको ज्यान जान थालेको भनी गुनासो बढन थालेपछि रौतहटको इशनाथ नगरपालिकाले २० बेडको अक्सिजन नेबुलाइजर सहितको आइसोलेसन कक्ष तयार गरेको हो ।
सम्भावित कोरोना संक्रमित तथा कोरोना संक्रमित बिरामीको उपचारका लागि इशनाथ नगरपालिकाले आफनै लगानीमा अक्सिजन सहितको २० बेडको आइसोलेसन कक्ष निर्माण गरेको छ ।
इशनाथ नगरपालिकाले स्वास्थ्य चौकी डुमरीयामा उक्त २० बेडको आइसोलेसन कक्ष तयार गरेको नगर प्रमुख सन्तोष मेहताले बताउनुभएको छ ।
कोरोना संक्रमितको औषधी उपचारका लागि नगरभरीको गरी स्वास्थ्य चौकी डुमरीयामा अक्सिजन सहितको आइसोलेसन बेड तयारी अवस्थामा राखिएको नगर प्रमुख सन्तोष मेहताले बताउनुभयो ।
अबदेखी यस नगरपालिका भित्रका कुनै पनि व्यक्ति कोरोना संक्रमित भएमा स्वास्थ्य चौकी डुमरीयामा निर्माण गरिएको उक्त आइसोलेसनमा नै राखेर उपचार गरिने मेयर मेहताले बताउनुभयो ।
अक्सिजन र आइसोलेसन बेडको अभावमा कोराना संक्रमितले ज्यान गुमाउन थालेपछि अबदेखी अक्सिजन र नेबुलाइजरको अभावमा कोरोनाबाट कसैको पनि मृत्यु नहोस भन्ने उद्देश्यले अक्सिजन नेबुलाइजर सहित आइसोलेसन कक्ष तयार गरिएको इशनाथ नगर प्रमुख मेहताले बताए ।
महाविपदको यस घडिमा नगरवासीको जिउ ज्यान जोगाउनका लागि नगर प्रमुख मेहताले अक्सिजन सहितको आइसोलेसन बेड तयार गरी निकै सराहनीय काम गरेको भन्दै उनको चारैतिर प्रशंसा हुन थालेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *