Loading...
भोकै छ्ट्पटिएर सिन्धुपालचोकमा फसेका २६ मजदूरलाई जसपा नेता यादवले गरे उद्धार

भारतको झारखण्ड बाट काम गर्न नेपाल आएका सिन्धुपाल चोकका २६ मजदुरहरुलाई घर फर्किन जनता समाजबादी पार्टीका केन्द्रिय सदस्य तथा चर्चित युवा नेता संजय यादवले पहल गर्नु भएको छ । उनीहरुले रोगभन्दा भोकको डर बढी भएको बताएका छन्। यस्तो समयमा जान मन नभए पनि भोको पेटका लागि जानैपर्ने अवस्था आएको उनीहरुको भनाइ रहेको छ। नेपालमा केहि दिन यता पानि पर्न थालेपछि राम्रो खानपान र बस्न राम्रो ब्यबस्था नभएका कारण बिरामी पर्न थालेको ति मजदुरहरुले बनाएको भिडियोमा भनेका छन् ।
उनीहरु सिन्धुपाल चोक मा काम गरिरहेका मजदूर हुन् । उनीहरुलाई भारतीय दुतावास र नेता यादवको पहलमा घर फ़र्काइएको छ । जम्मा २६ जना मजदूरलाई सकुशल घर फर्काउन सफल भएको नेता यादवले बताउनु भएको छ । यी हुन् ति २६ मजदूर हरु र जाँदा जाँदै धन्यबाद दिदै बनाएका भिडियो हेर्नुहोस ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *