जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले कार्यकारिणी समितिको बैठक बोलाएका छन् । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आफू पक्षीय आफू खुशी कार्यकारिणी समितिको बैठक डाकी मनोमानी तरिकाले ठाकुरसहित चारजनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि अध्यक्ष ठाकुरले आफ्ना पक्षका कार्यकारिणी समितिको बैठक बोलाएका हुन् । बैठक अहिले बबरमहलमा बसिरहेको छ । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने-नहुने, उपेन्द्र पक्षले गरेका निर्णय र उनी पक्षलाई कारबाही गर्नेलगायतका विषयमा छलफल गर्न बैठक बोलाएको हो । एक नेताका अनुशार उपेन्द्र सहित क कसलाई कुन तहको सजाय हुन्छ बैठक ले तय गर्छ । त माफी हुदैन ।
Loading...
Facebook Comments