Loading...
डिएसपी रवि रावलद्धारा इलाका प्रहरी कार्यालय गरुडामा सेवाग्राही प्रतिक्षालय उदघाटन ।

ओम प्रकाश यादव
जेठ १० गते, रौतहट ।
रौतहटको इलाका प्रहरी कार्यालय गरुडा परिषरमा निर्माण भएको सेवाग्राही प्रतिक्षालयको आज उदघाटन गरिएको छ ।
इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपी रवि रावलले आज उक्त नवनिर्मित प्रतिक्षालयको औपचारीक रुपमा उदघाटन गर्नुभएको छ ।
रौतहट क्षेत्र नं ४ ख का प्रदेश सांसद एवं प्रदेश २ सरकारका विकास समितिका सभापति शेख अब्बुल कलाम आजाद उर्फ फुलबाबुको संसदीय कोषको रकमबाट निर्माण भएको उक्त सुविधा सम्पन्न प्रतिक्षालय भवनको आज गरुडाका डिएसपी रावलले सामाजिक दुरी कायम राख्दै उदघाटन गर्नुभएको छ ।
प्रदेश सांसद फुलबाबुको संसदीय कोषको लाखौको लागतमा इलाका प्रहरी कार्यालय गरुडाको प्रांगनमा निर्माण भएको प्रतिक्षालयको कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक रावलले रिबन काटेर समुदघाटन गरेका हुन ।
कार्यालयमा सेवा लिन आउने सेवाग्राहीलाई बस्नका लागि सो प्रतिक्षालय निर्माण गरिएको डिएसपी रावलले बताउनुभएको छ ।
गत पुष २१ गते एक कार्यक्रमका बीच डिएसपी रवि रावलले सो प्रतिक्षलयको शिलान्यास गर्नुभएको थियो । शिलान्यास भएको झण्डै ५ महिना पछि सो प्रतिक्षालय निर्माण भइ सञ्चालनमा आएको छ ।
प्रतिक्षालय निर्माणको जिम्मा समाजिक अभियन्ता एवं युवाको दिलको धडकन एमडि सनम, जनता समाजवादी पार्टीका युवा नेता एवं प्रदेश २ का दलित विकास समितिका सदस्य राजकुमार दास तत्मा, समाजवादी युवा संघका रौतहट जिल्ला अध्यक्ष कौशरखान मिथिलाले पाएका थिए ।
उपभोक्ता समिति मार्फत अभियन्ता सनम, नेता राजकुमार दास र कौशरखान मिथिलाले निर्धारित समय भित्रमै सो सुविधा सम्पन्न एवं भूकम्प रहित प्रतिक्षालय निर्माण गराउन सफल भएका छन । करिव ६० जनालाई बस्न मिल्ने सो प्रतिक्षालय भवनमा चारवटा पंखा पनि लगाइएको छ ।
प्रतिक्षालय उदघाटनको अवसरमा प्रतिक्षालय निर्माणकर्ता एमडी सनम, राजकुमार दास, कौसरखान, इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक इन्स्पेक्टरद्धय रामराज केशरी, बबिन राई, प्रहरी नायव निरीक्षक लतिफ अन्सारी, पत्रकार लगाएतको उपस्थिती रहेको थियो ।
सो अवसरमा प्रतिक्षालय निर्माणमा महत्वपुर्ण भूमिका खेलेको भन्दै गरुडाका डिएसपी रवि रावलले समाजिक अभियन्ता एमडी सनम, राजकुमार दास र कौशरखान मिथिलालाई सम्मान गरेका हुन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *