Loading...
गरुडाका डिएसपी रावलको सरुवा पश्चात विदाई, रावलको ठाउँमा डिएसपी द्धारिका घिमिरे हाजिर ।

ओम प्रकाश यादव
जेठ १० गते, रौतहट ।
रौतहटको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी प्रमुख एवं प्रहरी नायव उपरीक्षक डिएसपी रवि रावलको सरुवा भएको छ ।
विगत ९ महिनादेखी इलाका प्रहरी कार्यालय गरुडाको कमाण्ड सम्हाल्दै आएका डिएसपी रावलको प्रहरी हेड क्वाटर काठमाडौंमा सरुवा भएको छ ।
९ महिने कार्यकालमा आम नागरिकको मन जित्न सफल, एक अब्बल एवं सफल प्रहरी अधिकृतको रुपमा आफना नाम स्थापित गराउन सफल डिएसपी रावलको आजै विदाई समेत गरिएको छ ।
हिजो सरुवा भएलग्त्तै आज उहाँको इलाका प्रहरी कार्यालय गरुडाबाट सम्मानका साथ विदाई गरिएको छ ।
इलाका प्रहरी कार्यालय गरुडाले आज बेलुका सम्मानका साथ डिएसपी रावलको विदाई गरेको छ ।
त्यस्तै रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले समेत डिएसपी रावललाई विदाई गर्दै अगामी सफल कार्यकालको शुभकामना दिनुभएको छ ।
निरंजन रामको मृत्युको विषयलाई लिएर गरुडामा आन्दोलन चर्केको बेला काजमा गरुडा आएर माहोल साम्य पार्न सफल डिएसपी रावलले सरुवा भएको स्थान प्रहरी हेड क्वाटर काठमाडौं आजै प्रस्थान गरेका हुन ।
डिएसपी रावलको ठाउँमा इलाका प्रहरी कार्यालय गरुडामा आजै नयाँ डिएसपी द्धारिका प्रसाद घिमिरे हाजिर भएका छन ।
डिएसपी रावल गएपछि इलाका प्रहरी कार्यालय गरुडाको नयाँ प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपीको रुपमा द्धारिका प्रसाद घिमिरे आएका हुन ।
अपराधिमाथी निकै कडा रुपमा प्रस्तुत हुने स्वभाव भएका डिएसपी रावलले गरुडामा आफना ९ महिने बसाईको क्रममा निकै अपराधीलाई पक्रउ गरी कानुनी दायरामा ल्याउनुका साथै गरुडाको सुरक्षा व्यवस्थालाई मजबुत बनाउन सफल हुनुभएको थियो ।
डिएसपी रावल गरुडाको कमाण्ड सम्हाल्ने वितिकै गरुडामा चोरीको घटनामा कमी आउनुका साथै अपराधिक क्रियाकलापमा समेत कमी आएको थियो ।
नागरिक, जनप्रतिनिधि, नेता लगाएत सबैसँग सम्मान व्यवहार गर्ने र शान्ति सुव्यवस्था कायम राख्न सफल डिएसपी रावलको उतकृष्ट कार्यलाई सबैले मन पराउने गर्थे ।
रावलले एक अब्बल, इमान्दार एवं सफल प्रहरी अधिकृतको रुपमा समेत चिनिएका थिए ।
जिल्लाका दूरदराजबाट उनको नाम र काम गर्ने शैलीले गर्दा न्यायको आशमा प्रहरी कार्यालयमा गरीब, असहाय, महिला तथा सर्वसाधारणको भीड लाग्थ्यो ।
आफू मातहतलाई समेत कडा निर्देशन दिँदै गल्ती गरे माफ होइन कारबाहीको भागिदार बन्नुपर्छ भन्ने शैली रावलको छ ।
अपराध नियन्त्रण, अनुसन्धानमा अब्बल मानिएका रावल आर्थिकदेखि लिएर कुनै पनि विवादमा नमुछिएका प्रहरी अधिकृत हुन् ।
समाजमा भएका विभिन्न आपराधिक घटनालाई सफल अनुसन्धान गर्दै टुंगोमा पु¥याएका रावलले विवादरहित रुपमा आफ्नो जिम्मेवारीलाई सजिलै निर्वाह गर्नसक्ने आट र साहस राख्ने प्रहरी अधिकृत हुन ।
नागरिकसँगको सम्बन्ध प्रगाढ बनाउन सक्नु प्रहरीको सबैभन्दा ठूलो सम्पत्ति हुने र प्रहरी सधैं सफल हुने डिएसपी रावलको बुझाइ छ ।
बौद्धिक प्रहरी अधिकृत भनेर चिनिने रावल प्रहरी संगठनमा दुरगामी र सकारात्मक प्रभाव पार्ने नयाँ–नयाँ अभियानको सिर्जना गर्ने क्षमता राख्छन् ।

 

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *