Loading...
मधेशीलाई भिखारी, गोरु भनेपछि जसपा दवारा बाबुरामको पुतला दहन (भिडियो सहित  )

डा. बाबुराम भट्टराई एक बिद्धवानमा गनिएका नेता हुन् । उनि अहिले जनता समाजबादी पार्टीका संघीय परिषदका अध्यक्ष समेत रहेछन l तर उहाको एउटा पोस्टले मधेश भरि नै आगो लागेको छ । उहाले आफ्नो ट्विटमा महन्थ ठाकुर र राजेन्द्र महतो गोरु बनेको फोटो हाल्दै जोक लेख्नु भएको छ । जसमा भिखारी र गोरुको बारेमा लेखिएको छ । उक्त पोस्टका कारण मधेशमा आगो सल्किरहेको जसपाका नेता अमन शाहले बताउनु भएको छ । संबिधान जारि गर्ने बेलामा मधेशमा आन्दोलन चलिरहदा बाबुरामले संबिधान जारी गर्न ठूलो भूमिका खेलेको भन्दै मधेशीहरु अहिले पनि मनले नेता मान्न तयार भएका छैन । मधेशी जनतामा अहिले पनि भित्रबाट बाबुराम प्रति आक्रोस रहेको छ । यसै बिच मधेशीलाई गाइ गोरु भनेको भन्दै जसपाका नेता कार्यकर्ताले जनकपुर तपसी चोकमा बाबुरामको पुतला दहन गरेको छ । आन्दोलनकारी ले अब छिटै एकसाथ बाबुरामको देशै भर पुतला दहन गर्ने बताएका छन् ।
हेर्नुहोस् केहि आक्रोशित पोस्टहरु।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *