Loading...
भो देउवा-ओली खुसि पार्न आफ्नो घरमा आगो नसल्काउ, जसपा फुट्दा कति ठाउँमा हार्छ ?

जनता समाजवादी पार्टी सत्ता संघर्षले फुटको संघारमा छ । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो कदमको विरुद्ध अध्यक्ष उपेन्द्र यादव समूह उभिएको छ । अध्यक्ष महन्थ ठाकुर समूह ओलीको पक्षमा छ । ठाकुर समूह ओली सरकारमा सहभागी हुन ठिक्क परेको छ ।
जनता समाजवादी पार्टी समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी एकीकरण भई बनेको हो । दुवै दलले २०७४ सालको निर्वाचनमा फरक नाम र चुनाव चिन्हमा निर्वाचनमा भाग लिएपनि गठबन्धन बनाएका थिए । त्यसैले मधेशमा उनीहरुले प्रत्यक्षतर्फ राम्रो नतिजा निकाल्न सके । समानुपातिकतर्फभन्दा दुवै दलको प्रत्यक्षतर्फ बढी सिटमा जित हासिल हुनुमा गठबन्धन बन्नु मुख्य कारण हो ।
तत्कालीन संघीय समाजवादी पार्टीले प्रत्यक्षतर्फ १०७ स्थानमा उम्मेदवारी दिएकोमा १० सिट जितेको थियो । राजपाले भने ६५ स्थानमा उम्मेदवारी दिएकोमा ११ सिटमा जित हासिल गरेको थियो । समाजवादी फोरममा बाबुराम भट्टराईको नयाँ शक्ति र अशोक राई नेतृत्वको समाजवादी पार्टी पनि जोडिएर पछि राजपासँग एक भएको हो । त्यसपछि जसपा देशको तेस्रो शक्ति बन्दै सत्ता राजनीतिमा निर्णायक बन्न सक्यो ।
जसपा अहिले फुटको संघारमा छ । जसपा फुटेमा महन्थ ठाकुर र उपेन्द्र यादव समूह दुवैलाई ठूलो नोक्शान पर्न सक्छ । २०७४ को चुनावलाई केलाउँदा महन्थ ठाकुर नेतृत्वको तत्कालिन राजपाले ४ स्थानमा मात्र १० हजारभन्दा बढी मतान्तरले जीत हासिल गरेको थियो । २ स्थानमा ५ हजार, २ स्थानमा ३ हजार, १ स्थानमा २ हजार, १ स्थानमा १ हजार र १ स्थानमा ५ सय मतान्तरले जित हासिल गर्न सक्यो ।
उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टीले ३ स्थानमा मात्र १० हजारभन्दा बढी मतान्तरले जित हासिल गरेको थियो । ४ स्थानमा ५ हजार, १ स्थानमा ३ हजार र २ स्थानमा १ हजार मतान्तरले जित हासिल गरेको थियो ।
जसपा फुटेमा महन्थ ठाकुर पक्षलाई अघिल्लो चुनावमा जितेकामध्ये कम्तिमा ७ स्थानमा जीत निकाल्न मुश्किल पर्न सक्छ । उपेन्द्र यादव पक्षधरका लागि अघिल्लो चुनावमा जितेका मध्ये ६ स्थानमा जीत निकाल्न मुश्किल पर्छ । राजनीतिक घटनाक्रमले तराईको भावनामा निकै परिवर्तन आइसकेकाले फुटको अवस्थामा चुनावमा पुगेमा ठाकुर र यादव समूह ठूलो नोक्शानीमा पर्न सक्छन् ।
ठाकुर समूह ओलीसँग नजिक भएकाले एमालेसँग भित्री चुनावी गठबन्धनको सम्भावना पनि छ । तर, त्यतिबेला उपेन्द्र यादव समूहले काँग्रेस र माओवादी केन्द्रसँग गठबन्धन गरेमा अर्को चुनौती देखिनसक्छ । यसकारण जसपा फुटेमा अघिल्लो चुनावको भन्दा आधाभन्दा बढी प्रत्यक्षतर्फ सिट घट्ने सम्भावना बढी छ l

राहुल उदास रोहितको फेसबुक बाट

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *