Loading...
संसद विघटन अलोकतान्त्रिक कदम भएको भन्दै तिन दलका माधवनारायण नगर कमिटिले गरे विरोध ।

ओम प्रकाश यादव
जेठ ११ गते, रौतहट ।
रौतहट स्थित तिन दलको माधवनारायण नगर कमिटिले आज एकैसाथ राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले दोश्रो पटक संसद विघटन गरी चालेको असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमको विरोध गरेको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका माधवनारायण नगर कमिटिले आज संयुक्त रुपमा विज्ञप्ती निकालेर प्रधानमन्त्रीको सिफारीसमा राष्ट्रपति विद्यादेवी भण्डारीले देश्रो पटक गरेको संसद विघटनलाई घोर भर्तस्ना गर्दै कडा विरोध गरेको छ ।
ततनै दलका नगर कमिटिद्धारा जारी गरिएको संयुक्त वक्तव्यमा प्रतिनिधिसभालाई रातारात विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको कार्यप्रति घोर भर्त्सना र निन्दा गरिएको छ
नेपाली कांग्रेसका माधवनारायण नगर कमिटि अध्यक्ष रामरुप प्रसाद यादव, माओवादी केन्द्रका नगर कमिटि अध्यक्ष देवनारायण भगत र जनता समाजवादी पार्टीका माधवनारायण नगर कमिटि अध्यक्ष हरिनारायण प्रसाद यादवले आज संयुक्त विज्ञप्ती जारी गर्दै प्रधानमन्त्रीले जिवित प्रतिनिधिसभा विघटन गरी देशलाई फेरी दुर्घटना तर्फ धकेलेको आरोप लगाएका छन ।
तिनै दलका कमिटिले जारी गरेको विज्ञप्तीमा जनता समाजवादी पार्टीका केन्द्रिय संघिष परिषद सदस्य राम निवास यादव, नेपाली कांग्रेसका रौतहट जिल्ला सदस्य राम कृपाल यादव, नेकपा एमालेका माधवनारायण नगर कमिटि सचिव तथा पार्टीका जिल्ला सदस्य जयमंगल प्रसाद यादव लगाएतले ओलीको सो कदम गलत रहेको भन्दै समर्थन जनाएका छन ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न १४९ सांसदको हस्ताक्षरसहित पेश गरिएको दाबीमाथि संविधानतः निर्णय गर्नुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीसँगको मिलेमतोमा बदानियतपूर्ण रुपमा संसद विघटन गरी संविधान र लोकतन्त्रको खिली उडाएको तिनै दलका नगर कमिटिले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
गत पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिगमनको पहिलो कदम चालेको तर त्यसलाई सर्वोच्च अदालतले सच्याएको स्मरण गर्दै जसपा नेता राम निवास यादवले अहिले त्यसैको शृङ्खला अनुसार अर्को कदम चाल्ने काम गरेको बताए ।
जनता समाजवादी पार्टीका नेता यादवले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले रातारात गरेको संसद विघटनलाई कडा विरोध गरेका छन ।
अहिले देशमा कोरोनाको महामारी छ । जनता दिनहुँ अक्सिजन र बेड नपाएर मरिरहेका छन् । सरकारले खोप किनेर ल्याउन सकिरहेको छैन । तर, राष्ट्रिय एकताका साथ जनताको उपचारमा ध्यान दिनुपर्ने बेलामा सरकारले देशलाई जबरजस्ती मध्यावघि चुनावतिर धकेलेको कांग्रेसका नेता राम कृपाल यादवले बताए ।
अर्बौं रुपैयाँ खर्च हुने मध्यावधि चुनाव जनस्वास्थ्यका दृष्टिले पनि र आर्थिक व्ययभारका दृष्टिले पनि अहिले उपयुक्त देखिँदैन । देशको अहिलेको प्राथमिकता भनेको कोरोना महामारीविरुद्ध लड्नु हो । कोरोनाले थलिएका जनतालाई आर्थिक राहतका कार्यक्रममा ध्यान दिनु हो । जनतासँग भोट माग्नुपूर्व उनीहरुलाई बचाउनु अहिलेको प्राथमिकता हुनुपर्ने एमालेका जिल्ला सदस्य जयमंगल यादवले बताए ।
निर्वाचन नगराइ आफ्नो निरंकुश सत्ता लब्याउने दूराशयबाट मध्यावधि घोषणा गरेको बताउँदै जसपा नेता हरिनारायण यादवले महामारीमा राजनीतिक जगत र सिंगो राष्ट्रलाई एकतावद्ध रुपमा अगाडि बढाउनु पर्नेमा जनप्रतिनिधि संस्थालाई विघटन गरी प्रधानमन्त्रीबाट अत्यन्त गैरजिम्मेवार कार्य भएको बताए ।
संसद विघटन गरी प्रधानमन्त्री र राष्ट्रपतिले षड्यन्त्रपूवर्क देशलाई दुर्घटनातिर लगेको भन्दै नेता हरिनारायण यादवले जनस्तरबाट प्रतिवाद गर्ने बताए ।
राष्ट्रपतिलाई साथमा लिएर ओली संघीयता र गणतन्त्रलाई समाप्त गर्ने बाटोमा हिँडेको दावी गर्दै नेता यादवले ओलीको यो कदम विरुद्ध फेरी कडा आन्दोलन गर्ने बताएका छन ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *