Loading...
नागरिकता अध्यादेशको विरोधपछी आन्दोलन चर्कियो, उपेन्द्र-बाबुरामको पुतला दहन (भिडियो)
महोत्तरी दर्पण जनकपुर बद्री नाथ झा
तराईका विभिन्न ठाउँमा नेताहरु उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल लगायतका नेताहरु विरुद्ध प्रदर्शन भएको हो ।
सरकारले जारी गरेको नागरिकता अध्यादेशको विरोध गरेको भन्दै ती नेताहरु विरुद्ध प्रदर्शन गरिएको बताइएको छ ।
आज धनुषाको जनकपुर धाममा ती नेता तथा उनीहरु सम्वद्ध पार्टीले तराईको खुसी देख्न नसकेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका हुन् । स्थानीयको विरोध प्रदर्शनमा नेकपा एमाले सम्वद्ध राष्ट्रिय युवा संघले अगुवाई गरेको छ । प्रदर्शनमा नेताहरुको पुत्ला प्रदर्शन गरिएको थियो ।
युवा संघ धनुषाका केन्द्रिय सदस्य मुन्जय राउत अनुसार तराईको समस्या हल गर्ने गरी आएको नागरिकता अध्यादेशबाट स्थानीयवासीमा उल्लास छाएको छ । स्थानीयको उल्लासमा ग्रहण लाग्ने गरी उपेन्द्र, बाबुराम, देउवा, प्रचण्ड, माधवहरुले विरोध गरेकाले उनीहरु विरुद्ध प्रदर्शन गरिएको हो ।
तराईका विभिन्न जिल्लामा दीप प्रज्वलन गरी नागरिकता विधेयकको स्वागत गरिएको छ । उता, जनता समाजवादी पार्टीको उपेन्द्र गुट, नेपाली कांग्रेस, माओवादी केन्द्र, माधव नेपालको गुटले भने अध्यादेशको विरोध गरेको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *